रोशी सहकर्मी, पौष ०४,
खार्पाचोक (काभ्रे),

जिल्लाको रोशी गाँउपालिका स्थित खार्पाचोकमा खार्पाचोक स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ । गत मंसिर ३० गते खार्पाचोक स्वास्थ्य चौकी भवन निर्माण उपभोक्ता समितिको आयोजनामा १२ कोठे भवनको समुदघाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । रोशी गाँउपालिका वडा नं ८ मा बनेको १२ कोठे भवन काभ्रे क्षेत्र नं १ का प्रधिनिती सभा सदस्य गंगा बहादुर दोङले एक कार्यक्रमका बिच उद्धघाटन गरेका हुन् ।
स्वोइस सोलड़ारिटीको आर्थिक सहयोग, टी.डी.एचको आर्थिक तथा प्राबिधिक सहयोग गरी रोशी गाउपालिकाको समन्वय र खार्पाचोक स्वास्थ्य चौकी भवन निर्माण उपभोक्ता समितिको आयोजनामा १२ कोठे भवन निर्माण गरिएको हो । उद्धघाटन सँगै अहिले स्वास्थ्य सेवा संचालनमा आएको छ ।
कार्यक्रममा अतिथिहरुलाई तामाङ् परम्परा अनुसार ताम्बा गुरुहरुबाट सगुन राखी डम्फु गित द्वारा स्वागत गर्दै कार्यक्रम स्थानमा लगिएको थियो । साथै सम्पूर्ण अथितिहरुलाई स्कुलका बिद्यार्थी, आमा समूह, खार्पाचोक युवा क्लबका सदस्यहरुले पंत्तिबद्ध भएर खादा माला ओंढाइ राष्ट्रिय गान सहित स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै जग्गा ब्यबस्थापन तथा सहजकर्ता भक्त विजय घिसिङ्गले भवन निर्माणमा सहयोग पुर्याउने टी डी एचका प्रधिनितीहरुलाई धन्यावाद दिए । विभिन्न बाधा अडचनहरुलाई व्यवस्थापन गर्दै जग्गा ब्यबस्थापन गरेको र पारदर्शीपूर्ण तरिकाले काम सम्पन्न भएको उनले सुनाए । यस्तो सह्रनीय कामको अनुसरण गर्दै सम्पूर्ण जनप्रधिनितीहरुलाई उनले आआफ्नो क्षेत्रको विकासमा अघि बढ्न आग्रह समेत गरे ।
त्यस्तै रोशी गाउँपलिका अध्यक्ष दल बहादुर लामाले यस्तो कामको हिस्सा बन्न पाएकोमा आफु हर्षित भएको बताए । साथै उनले स्थानीय सरकार, प्रदेश सरकार मिलेर आवश्यक चिकित्सक, बर्थिंग सेन्टर र आवासीय चिकित्सकको व्यबस्थापन गन पहल गर्नुपर्ने बताउँदै आफुले सकेसम्म सहयोग गर्ने बचनबद्दता व्यक्त गरे । लामाले स्वास्थ्य चौकी ल्याउन महत्वपुर्ण भूमिका खेलेका राजन भुर्तेललाई पनि कार्यक्रम मार्फत धन्यवाद दिए । गाउका दाजुभाईहरुको सामाजिक राजनीतिक फरक भएता पनि विकास निर्माण कार्यक्रममा सबैलाई एकजुट रहन आग्रह गर्दै उनले खार्पाचोकका युवाहरु विकास निर्माणमा रोशी क्षेत्रकै नमुना रहेको बताए ।
कार्यक्रममा बोल्दै टि.डी.एचका प्रतिनिधि अन्द्रेअस बोल्डले खार्पाचोक स्वास्थ्य चौकी उपभोक्ता समिति र निर्माण व्यवसायी आर्जे लोटस कन्सट्रक्सनले छोटो समय अवधिमै पारदर्शी तरिकाले काम सम्पन्न गरेकोमा खुसी व्यक्त गरे । त्यस्तै रोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गंगा लाल श्रेष्ठले एम्बुलेन्स संचालनको लागि आफुले बिशेष पहल गर्ने बताँउदै आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै प्रमुख अथिति गंगा बहादुर दोङले भवन संरचना मात्र नभई उपयुक्त स्वास्थ्य सुबिधाहरु पनि उपलब्ध गराउन बिशेष पहल गर्नुपर्ने बताउँदै संचालन र संरक्षणमा सबैले बिशेष ध्यान पुर्याउनु पर्ने बताए । देश संघीयतामा गए संगै स्वास्थ्य क्षेत्रको आवाज सरकार समक्ष उठाएको र आगामी दिनमा निरन्तर उठाउने बताए ।
कार्यक्रमको समापन गर्दै खार्पाचोक वडा नं ८ का वडा अध्यक्ष मिकास जित लामाले स्वास्थ्य भवन निर्माण भई हस्तान्तरण गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा आफुले पनि रचनात्मक भूमिका खेल्ने बताए ।
कार्यक्रममा काभ्रे क्षेत्र नं १ का प्रदेश सभा सदस्य रत्न ढकाल, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सिर्जना ज्ञवाली, रोशी गाउँपालिकाका अध्यक्ष दल बहादुर लामा, गाउँपलिका स्वास्थ्य शाखा प्रमुख गंगा लाल श्रेष्ठ, टी.डी.एचका प्रधिनितीहरु अन्द्रेअस बोल्ड, जुलिएन बेत्त्लेर अतिथिहरुमा इन्द्र बहादुर तामाङ, राजन भुर्तेल, उज्वल लामा, नेत्र लाल सापकोटा, अभिषेक मिश्र, येशोबर्दन मिश्र, रुद्र प्रसाद सुबेदी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अवसरमा टि.डी.एचका प्रधिनिती अन्द्रेअस बोल्डले खार्पाचोक युवा क्लबका अध्यक्ष लाल बहादुर घिसिङ्गलाई दुईवटा टुल बक्स प्रदान गरिएको थियो ।

खार्पाचोकमा स्वास्थ्य चौकी उद्धघाटन
Facebook Comments Box