महेन्द्र थिङ-पौष ०५,
रोशी/

रोशि गाउँपालिका वडा नं १ स्थित नारायणटारमा श्री शंकर बहुउद्देश्यीय सहकारी संस्था लि. को १० औं साधारण सभा सम्पन्न भएको छ । पुर्व सभासद रामहरि सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका अध्यक्ष वलराम थापाको सभाध्यक्षता रहेको थियो ।
४ सय ८७ जना सेयर सदस्य रहेको यस सहकारीमा आ.व. ०७५र०७६ को अन्त सम्ममा संस्थाको शेयर पुँजी २० लाख ८३ हजार ६०० पुर्याएको छ । कार्यक्रममा रोशि गा. पा. वडा नं. १ का वडा अध्यक्ष श्रीदास लामा, शिखर साकोसको कोषाध्यक्ष बबिता बोहरा , पञ्चमुखी साकोसका अध्यक्ष कल्याणी बोहरा , वडा सदस्य निर्जला थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सचिवको प्रतिवेदन संस्थाको सचिव गण बहादुर लामा र कोषाध्यक्षको प्रतिवेदन संस्थाको कोषाध्यक्ष महेन्द्र थिङले प्रस्तुत गरेका थिए । लेखा समितिको प्रतिवेदन संयोजक जयराम थापाले प्रस्तुत गरेका थिए । मन्तब्य राख्दै विशेष अतिथि वडा अध्यक्ष श्रीदास लामाले विकासमा सहकारीले महत्वपूर्ण भुमिका खेलेको बताए । त्यसै गरि प्रमुख अतिथि पुर्व सभासद रामहरि सुवेदीले ब्यक्ति संस्थाले गर्न नसक्ने काम व्यक्ति व्यक्ति , संस्था संस्था मिलेर सहकार्य गर्नु नै सहकारीको मुल मर्म र धर्म भएको बताए । यसै अवसरमा संस्थाले आर्थिक बर्ष २०७५/०७६ को असल ऋणी कान्छामान लोप्चन र असल बचत कर्ता सुनिता तुम्ङसिङ मगरलाई मायाको चिनोबाट सम्मान गरेको छ । सभाको सञ्चालन सचिव गणबहादुर लामाले गरेका थिए ।

Facebook Comments