छबी चौँलागाई-पौष ०५,
पनौती/

अक्षरमार्ग पनौतीले आज ज्ञान बिकास पुस्तकालयमा शिशिर काव्य गोष्ठी तथा डा.गोपाल प्रसाद पौड्याल मण्ड्नेको “पाकेट्मारको चिठी” पुस्तक लोकार्पण कार्यक्रम आयोजना गरेको छ । अक्षर मार्गका अध्यक्ष साहित्यकार सूर्य लाकोजूको अध्यक्षता रहेको कार्यक्रममा बरिस्ठ साहित्यकार भागिरथी श्रेष्ठ को प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा उपस्थित सबै सहभागी साहित्यकारबाट डा. गोपाल पौड्याल मण्ड्ने को पाकेट्मारको चिठी कथा सङ्ग्रह बिमोचन गरिएको हो ।
कार्यक्रमको अवसर पारी अक्षरमार्ग अक्षयकोष स्थापनाको लागि सहयोग गर्ने धुर्ब कृष्ण ताम्राकार लाई सम्मान पत्र प्रदान गरिएको थियो भने अतिथि हरुलाइ मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा साहित्यकार धुर्ब मधिकर्मी, कलानिधी दाहाल लगायत काभ्रे जिल्ला र बाहिरका स्रस्टाहरुले आफ्ना रचना प्रस्तुत गरेका थिए । कवि सुदेश सत्यालको फर्केर आउघर कविताले माहोल तताएको सहभागीहरुले बताए ।

Facebook Comments Box