रोशी सहकर्मी-पौष ०५,
काभ्रे/

जिल्लाका विकट क्षेत्र डाँडापारि र कोसिपारिका दुर्गम भेग र बस्तीहरुमा सडक सञ्जालले जेडिएपछि स्थानीय बासीन्दा खुसी भएका छन् । स्थानीय सरकार गठनभएर काम गर्न थालेसंगै सडक सञ्जालले जिल्ला सदरमुकामसंग जोेडेपछि उनीहरुमा खुशि छाएको छ । अहिले हरेक वडाहरुमा सडक सञ्जाल विस्तार गरेसंगै गाउँपालिका केन्द्र र वडाका विभिन्न भेग र बस्तिहरुमा समेत पुग्न सजिलो भएको स्थानीयबासिन्दाहरु बताउँछन् । अघिल्लो साल र अहिलेको आर्थिक बर्षमा गरी ६९ किलो मिटर नयाँ ट्र्याक निर्माण गरिसकेको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । संघीय सरकारले नीति तथा कार्यक्रममा नै हरेक स्थानीय तहको पालिका केन्द्रसम्म पक्कि सडक सञ्जालले जोड्ने भनेपछि झन् स्थानीय बासिन्दाहरुमा झनै खुशि छाएको उनले बताए ।
जिल्लाको विकट डाँडापारि गाउँपालिकाका स्थानीयबासिहरु जिल्ला सदरमुकाम आवत जावत गर्नको लागि पैदल हिडेर तीन/चार दिन लाग्ने गरेकोमा अहिले ति ठाउँहरुमा सार्वजनिक यातायात चल्न थालेपछि तीन/चार घण्टामा नै जिल्ला सदरमुकाम आवत जावत गर्न सकिने स्थानीयहरु बताउँछन् । सडक सञ्जालले विकट गाउँ जोडेपछि त्यहाँ उत्पादित कृषि उत्पादनका बस्तु सजिलै सहर लगेर विक्री गरी आम्दानी लिन सहज भएको छ भन े विकट गाउँहरुमा पक्कि संरचनाहरु निर्माण गर्न सहज भएको छ ।

Facebook Comments