रोशी सहकर्मी-पौष ०५,
बेथानचोक (काभ्रे)/

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाका किसानले खुवा बेचेर मासिक १२ लाख सम्म आम्दानी गर्दै आएका छन् । ति मध्य एक हुन् बेथानचोक गाउँपालिका–२ ढुंखर्कका खुवा ब्यवसायि अर्जुनप्रसाद तिमल्सिना । खुवा बेचेर जग्गा किनेर ब्यवसाय सञ्चालन गर्दै आएका तिमल्सिनाले आफ्नो पेसाबाट सन्तुष्ट रहेको बताउँछन् । २०३६ सालदेखि गाउँमा नै किसानहरुले उत्पादन गरेका दूध संकलन गरी खुवा घोट्न शुरु गरेका उनी अहिले दैनिक ३५ देखि ४० हजारसम्मको कारोबार हुने गरेको बताउँछन् ।
तिमल्सिनाले करिब चार सय लिटर दूध घोट्ने गरेको बताउदै उद्योगमा दैनिक ३५ देखि ४० हजारसम्मको कारोबार हुने गरेको बताए । १२ लाख लगानी गरेर गाउँमा स्थापना गरेको डेरीबाट उत्पादन गरेको खुवा भोटाहिटी, गौशाला, चाबाहिल जावलाखेल, लगनखेल, ठिमी, भक्तपुर, कोटेश्वरसम्म जाने गरेको उनले सुनाए । बस्तुभाउ पालनको हिसावले अलि सजिलो भएका कारण त्यसैतर्फ धेरैजसो किसानहरु आकर्षित हुँदै गएको बताउँदै गाउँमा सबै किसानले गाई पाल्ने गरेकाले दूध उत्पादनमा समस्या नभएको बताए । स्थानीयस्तरमा खुवा खान रुचाउनेहरुले आएर किन्ने गरेको बाहेक ठेकेदारले केन्द्रमा नै उठाउन आउने उनको भनाई छ । त्यँहा उत्पादन भएको खुवा सबै काठमाडौं लगायत पनौतीदेखि बनेपाको सबैजसो बजारमा पुग्ने उनी बताउँछन् । एक धार्नीको २ हजार देखि २ हजार २ सय सम्म विक्री हुने गरेको छ ।

Facebook Comments