रोशी सहकर्मी-पौष ०५,
काभ्रे/

साँगामा जारी २७ औं आई.जी.पी फुटबल रनिङ्ग ट्रफी प्रतियोगिताको फाइनलमा नेपाल प्रहरी स्कुल साँगा “ए” र सैनिक आवासिय महाबिद्यालय भक्तपुर प्रवेश गरेका छन । नेपाल प्रहरी स्कुल साँगाको खेलमैदानमा भएको सेमिफाइन खेलमा नेपाल पुलिस स्कुलले एसोएस स्कुल काभे्रलाई २–१ गोलले पराजित गरेको हो । पुलिसका तर्फबाट विमोजित राजवंशी र प्रविण रानाले १÷१ गोल गरेका थिए । एसोएस स्कुलका विशाल तामाङले एक गोल गरेका थिए भने बाँकि गोल गर्न नसक्दा हार बेहोर्नुपरेको हो ।
त्यस्तै सैनिक आवासिय महाबिद्यालय भक्तपुर र बेलर स्कुल काभ्रे बीच भएको सेमिफाइनल खेलमा ३–० गोलले सैनिक बिजय भएको छ । सैनिक बिद्यालयका तर्फबाट मनिष रोक्काले दुई गोल र अयुश कुँवरले एक गोल गरे । बेलर स्कुलले खाता खोल्न नसक्दा फाईनल प्रवेष गर्न असफल भएको हो । काभ्रे, काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला आठ बिद्यालयको सहभागिता रहेको खेलको फाइनल पुस ७ गते हुने छ ।

Facebook Comments Box