रोशी सहकर्मी-पौष ०६,
नगरसभाहल (भकुण्डे)/

जिल्लाको नमोबुद्ध नगरपालिकाले नगर भित्रका ईट्टा भट्टा विस्थापति १५० घर परिवारलाई आलुको विउ दिने भएको छ । प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना आलु सुपरजोन काभ्रे र नमोबुद्ध नगरपालिका कृषि शाखाको आयोजनामा आलु खेती सम्बन्धि कृषकहरु सँग अन्र्तक्रिया कार्यक्रममा यस परियोजना बारे जानकारी दिईएको हो । कृषि, व्यापार र पर्यटन, हाम्रो अभियान भन्ने मुल नारा सहित सुरु भएको कार्यक्रममा नगरको ५० प्रतिशत र प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना अन्तर्गत ५० प्रतिशत अनुदानमा विउ वितरण गर्न लागिएको नगरपालिकाका कृषि शाखा प्रमुख रेशम बहादुर दाहालले बताए । नगरपालिकाले गत मंसिर २० गते सम्म सुचना प्रकाशित गर्दै अनुदान बापत आलु लिन चाहने घर परिवारलाई २० देखि २५ घर परिवारको समुह बनाई निवेदन दिन आवहान गरेको थियो । सोही सुचना बमोजिम अलुको बिउ लिन दाप्चा खोला भेगका किसानहरुको समुह बाहेक ३ समुह थपिएको पनि दाहालले बताए । निवेदन परेको किसानहरुले कुल २७० रोपनी क्षेत्रफलमा आलु लगाउने छन् ।
नगरपालिकाले पौष १५ सम्म विउ बाँडि सक्ने जनाएको छ । कार्यक्रममा प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना आलु सुपरजोन बनेपा शाखाका सुचना अधिकारी बलदेव के.सी., राष्ट्रिय कृषक समुह महासंघ प्रदेश ३ का लेखा संयोजक हरी तिमल्सिना, काभ्रे शाखाका अध्यक्ष उद्धब हुमागाँई, नमोबुद्ध नगरका समुह अध्यक्ष राममणि हुमागाँई लगायत सम्पुर्ण समुहका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments Box