अशोक बुद्ध लामा-पौष ०६,
कटुञ्जे/

जिल्लाको रोशी गाँउपालिकाले अपाङ्गता परिचय पत्र वितरण कार्यक्रमलाई निरन्तर्ता दिएको छ । गाउँपालिकाले मासिक अपंगता परिचयपत्र वितरण कार्यक्रम गर्दै सोही अनुसार आज छुटेका १२ जनामा परिचय पत्र वितरण गरेको हो । रोशी गाँउपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी बर्तौलाले आज क वर्गका २ जना, ख वर्गका ६ जना, ग वर्गका ३ जना र घ वर्गका १ जना गरी १२ जनालाई परिचयपत्र वितरण गरिएको सहकर्मी अशोक बुद्ध लामाले जानकारी दिए । उपाध्यक्ष बर्तौलाले कुनै पनि अपाङ्गता भएका व्यक्तिहरु राज्यले दिने सेवा सुबिधाबाट वञ्चित हुन नपरोस भनेर कार्यक्रम गरेको बताईन । परिचय पत्र लिन छुटेकाहरुलाई मासिक रुपमा गाँउपालिका परिसरमा शिविर संचालन गरि प्रदान गरीने हुनाले गाँउपालिकामा सम्पर्क गर्न पनि आग्रह गरिन् ।

Facebook Comments Box