सृजना तामाङ-पौष ०६,
रज
वास /
रोशी गाँउपालिका वडा नं ९ स्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयले विद्यालयको ५० औं वर्षको स्वर्ण महोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । यहि पौष २ गते बुधबारको दिन वि.सं. २०२७ साल पुष २ गते स्थापना भएको यस विद्यालयले ४९ औं वसन्त पार गरी हाल ५० औं वर्षमा प्रवेश गरेको हो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष डिल्लीप्रसाद रेग्मीको सभापतित्वमा सञ्चालित स्वर्ण महोत्सव समारोहको प्रमूख अतिथि प्रतिनिधी सभा सदस्य माननिय गंगाबहादुर दोङ रहेका थिए ।
श्री विन्ध्यवासिनी मा.वि. रजबासको ५० औं वार्षिकोत्सव तथा स्वर्ण महोत्सवको शुरुवात राष्ट्रिय गान र प्रा.वि.संस्थापक अध्यक्ष स्व. तिर्थबहादुर रानामगर र नि.मा. संस्थापक अध्यक्ष स्व.ढुण्डराज चितौरे मगरको तस्विरमा माल्यार्पण सहित मौनधारणबाट भयो । समारोहको समूद्घाटन ५० ओटा शान्ति द्विप प्रज्वलन गरी प्रमूख अतिथी माननिय गंगाबहादुर दोङ, विशिष्ट अतिथी माननिय रत्न ढकाल र विशिष्ट अतिथीहरुबाट भयो । कार्यक्रममा रोशी गाउँपालिका भित्रको अन्तरविद्यालय स्तरिय नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा विन्ध्यवासिनी मा.वि. रजबास प्रथम, रोशी मा.वि. कटुञ्जे तृतिय, पञ्चकन्या मा.वि. वाल्टिङ चतुर्थ र भुमेस्थान प्रा. वि. सल्लेनी सान्त्वना स्थान हासिल गरेका थिए ।
स्वर्ण महोत्सवको अवसर पारी विद्यालयको पहिलो स्मारिका विन्ध्यवासिनी दर्पण को बिमोचन गरी वितरण गरियो । त्यसैगरी समारोहमा म्ीएक्ष्ग् काभ्रेबाट र ज्भ्ँब् द्वरा निर्मित क्रमशः विद्यालयको ८ कोठे र ५ कोठे पक्की भबनको हस्तान्तरण सम्बन्धित संस्थाका प्रमूख र उद्घाटन प्रमूख अतिथीबाट भयो । समारोहमा विद्यालयको स्थापनाको लागि महत्वपूर्ण सहयोग गर्नुहुने केशबप्रसाद अधिकारी लगायत पूर्व प्रधानाध्यापक हरुलाई सम्मान गरियो । कार्यक्रममा स्मारिका प्रकाशनार्थ आर्थिक सहयोग गर्नुहुने महानुभाव र पूर्व विद्यार्थीहरुलाई सम्मान गरियो ।
समारोहमा मन्तव्य राख्दै विशिष्ट अतिथि माननिय रत्न ढकालले शिक्षा तथा विद्यालय क्षेत्रमा क्रमिक रुपमा विकास हुदै गईरहेको आगामी दिनहरुमा स्थानिय तहसँग समन्वय गरी अझ शिक्षा क्षेत्रका समस्याहरुलाई निरुपण गर्न अगाडी बढीरहेको बताए । यसै क्रममा नार्के पिन्थली रजबास हुदै महाभारत गा.पा.को विभिन्न वडामा जाने बाटो डि.पि.आर. बमोजिम नै गत वर्ष देखि नै निर्माण कार्य सुरु भएको र सोहि बमोजिम यस वर्ष पनि बजेट बिनियोजन भएको बताए ।
प्रमूख अतिथी माननिय गंगाबहादुर दोङले स्वर्ण महोत्सवको विद्यालयलाई प्रगतीको शुभकामना दिए । यस वर्ष काभ्रे क्षेत्र नं. १ को विद्यालय क्षेत्रमा रु. ६५ करोड बिनियोजन भएता पनि यस विद्यालयसम्म नआईपुगेको र आउने वर्ष यस बिद्यालयको लागि एउटा पक्की भवन अवश्य पर्ने र आवश्यक कुराहरुको लागी बजेटको व्यबस्था गर्ने घोषना गर. ।। त्यसैगरी यस वर्ष खाने पानीको लागी वडा नं. ९ मा ४० लाख बजेट बिनियोजन गरेको र कहाँको आवश्यक्ता कति भन्ने विषयमा वडाध्यक्ष सँग छलफल गरीरहेको बताए ।
माननिय रत्न ढकालले आफ्नो क्षेत्र विकास कोषबाट ९ नं. वडाका सबै बस्तिमा विद्युत पु¥याउन दोस्रो फेजको विद्युत बिस्तार कार्यक्रमको लागी रु. ३० लाख बिनियोजन भएको र अब छिट्टै ९ नं. वडा अध्यारो मुक्त हुने घोषणा गरे ।
कार्यक्रममा जिल्ला आयोजना तथा कार्यान्वयन ईकाई काभ्रेको प्रमूख द्वरिकाप्रसाद पोखरेल, सबैका लागि स्वास्थ्य र शिक्षा (ज्भ्ँब्) को प्रमूख श्री नारायण अधिकारी, एकिकृत अखिल नेपाल शिक्षक संघ प्रदेश नं. ३ को अध्यक्ष दुर्गा सिं तामाङ, तेमाल गाउँपालिकाको समाजसेवी तथा युवा नेता ईन्द्र तामाङ, रोशी गाउँपलिकाको समाजसेवी तथा युवा नेता असोक गौतम, रोशी गाउँपलिका वडा नं. ९ को अध्यक्ष जनम तामाङ , वडा नं. ९ का शिक्षापे्रमी तथा समाजसेवी बज्रध्वज लामा, ईन्द्रकुमार श्रेष्ठ लगायत विभिन्न विद्यालयका प्रधानाध्यपक तथा शिक्षक प्रतिनीधिहरु र विभिन्न तह र तप्काका व्यक्तिहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक साधुराम रानामगर र संगिता गौतमले गरेका थिए ।

Facebook Comments