
रोशी सहकर्मी-पौष ०७,
कटुञ्जे/
रोशी गाँउपालिकाले गाँउपालिका क्षेत्र भित्रका राजमार्गमा सौर्य बत्ति जडान गर्ने भएको छ । रोशी गाँउपालिका अध्यक्ष दल बहादुर लामाको अध्यक्षतामा बसेको ४० औँ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । वैकल्पिक उर्जा प्रर्वर्धनको लागि नेपाल सरकार ससर्त रकम वापत रु. १५ लाख १५ हजार रकमले राजमार्गमा सौर्य बत्ति जडान गरिने छ । सोही बैठकले रोशी गाउँपालिकाको गेट जिर्ण भएकोले मर्मत गर्न आवश्यक रकम प्राविधिक स्टिमेट अनुसार अनुमोदन गर्ने पनि निणर््य गरेको छ । नेपाल भ्रमण वर्ष २०२० मनाउनका लागि पर्यटक स्थलहरु घ्याङ डाडा, भूमिचूली, तारा खसे लेक, १२ वर्षे गोदावरी मेला, गढि डाँडा ३ धारे झरना, आठ कुवा लगायतका क्षेत्रलाई व्यवस्थापन गर्न पालिकाले केन्द्रमा कार्ययोजना पेश गर्ने छ । रोशी गाउँपालिकामा उत्पादन भइ निकासी हुने ढुंगा, गिट्टि, बालुवा आदि ठेक्का वन्दोवस्तको लागि धेरै पटक सूचना प्रकाशन गर्दा पनि ठेक्का बन्दोवस्त हुन नसकेको हुँदा चालु आर्थिक वर्षको कर गाउँपालिका आफैले संकलन गर्ने निर्णय गरिएको पनि गरेको छ । प्रदेश र केन्द्रमा पेश गर्ने योजनाहरु डि पि आर गरी प्रत्येक वडाबाट एक एक ओटा योजना गाउँपालिकामा पठाउने निर्णय गरिएको रोशी गाउँपालिकाका प्रवक्ता तथा वडा नं ६ का वडा अध्यक्ष पदम बहादुर लामाले जानकारी दिएका छन् ।