रोशी सहकर्मी-पौष ०७,
धुलिखेल/

जनप्रतिनिधिहरुको लागि नेतृत्व विकास र सकारात्मक सोच सम्बन्धि तालिम दिईएको छ । धुलिखेलको हिमालयन होटलमा भएको उक्त तालिममा समृद्धिका लागि सकरात्मक सोचको विकास, तालिमको आवश्यकता र प्रभावकारिता, समाजवाद उन्मुख विकास, दीगो विकास र वातावरण, नेतृत्वको दायित्व र जिम्मेवारी सम्बन्धि विषयमा छलफल भएको थियो । तालिममा रोशी गाउँपालिकाको अध्यक्ष डि.वि. लामा, उपाध्यक्ष लक्ष्मीकुमारी वर्तौला, प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहाल, वडा अध्यक्षहरु, कार्यपालिकका सदस्यहरु, नाङशाल एसोशिएसन नेपालका अध्यक्ष दिनेश लामा, कार्यकारी निर्देशक गुणराज मुक्तान लगायत रोशी गाउँपालिकाको सम्पूर्ण शाखाका प्रमुखहरुको उपस्थिति रहको थियो ।

Facebook Comments Box