धुलिखेल,
नाङशाल एशोसियसन नेपालद्धारा सञ्चालित सामुदायिक बिद्यालयहरुमा बालमैत्री वातावरण निर्माण तथा शैक्षिक गुणस्तर सुधार परियोजना कार्यक्रम सकिएको छ । धुलिखेलमा जिल्ला समन्वयका प्रमुख उद्धव केसीको सभापतित्वमा भएको जिल्लास्तरीय बसेको बैठकसँगै उक्त परियोजना समापन भएको छ । उईवल्डको समन्वयमा उक्त परियोजना लागु भएको थियो । उक्त परियोजनाले बिद्यालय भवन निर्माण, बालमैत्री कक्षा सञ्चालन लगायत गुणस्तरीय शिक्षामा सहयोग गरेको थियो । परियोजनाका कार्यक्रम अधिकृत प्रदिप हुमागाईले उक्त परियोजनाबाट बिद्यालयमा भएका कामको जानकारी गराएका थिए ।
समन्वय प्रमुख उद्धव केसीले नाङशाल एशेसियसन नेपालले गरेका काम समुदायमा आधारित हुने गरेको बताए । उनले काम गर्ने संस्थालाई राज्यले पनि सहयोग गर्नुपर्ने बताउनुहुँदै नाङशाल दुरदराजका जनताकहाँ पुग्ने एक मात्र संस्था भएको बताए । नाङशाल एशोसियसन नेपालका अध्यक्ष दिनेश लामाले विकटतामा काम गर्न रुचाउने संस्था भने कै नाङशाल रहेकाले स्थानीयको साथ र सहयोग पाउन सकिरहेको बताए । कार्यकारी निर्देशक गुणराज मुक्तान, परियोजना संयोजक टिआर खतिवडा, प्रेस काउन्सिल नेपालका सदस्य इश्वरी ओझा लगायतले परियोजना सञ्चालन भएकापछि समुदायमा भएको परिर्वतनका बारेमा भनाई राखेका थिए ।
उक्त बैठकमा परियोजना अवधीभर गरेका असल अभ्यासहरु स्थानीय सरकारले निरन्तरता दिनका निम्ती जिल्ला समन्वय समितिका प्रमुखलाई संस्थाका अध्यक्ष दिनेश लामा र कार्यकारी निर्देशक गुणराज मुक्तानले हस्तान्तरण गरेका थिए ।

Facebook Comments Box