रोशी सहकर्मी-पौष ०७,
साँगा(काभ्रे)/

२७ औं आई.जी.पी फुटबल रनिङ्ग ट्रफी प्रतियोगिताको उपाधी आयोजक नेपाल प्रहरी स्कुल साँगाले जितेको छ । आज भएको फाइनल खेलमा आयोजक नेपाल पुलिस स्कुलले सैनिक आवसिय महाबिद्यालय भक्तपुरलाई ३–० गोलमा पराजित गर्दै उपाधी जितेको हो ।
प्रहरीका लागी समिर वनले खेलको १४ मिनेटमा गोल गरेका थिए । त्यस्तै श्रीहन गदालले ५४ मिनेटमा र विमोजित राजबंशीले ७५ मिनेटमा गोल गरेका थिए । विजयी टिमलाई प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले नगद ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका छन् । विजयी नेपाल प्रहरी स्कुल साँगाले नगद ३० हजार, ट्रफी र मेडल प्राप्त गरेको छ । त्यस्तै द्धितिय सैनिक आवासिय महाबिद्यालयले नगद २० हजार रुपियाँ र मेडल प्रमाणपत्र प्राप्त गरेको छ । तृतिय हुने एसोएस बालग्राम बिद्यालय नगद १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उक्त प्रतियोगिताको उत्कृष्ट गोलकिपरमा नेपाल पुलिस स्कुलका आन्नद श्रेष्ठ भएका छन् । त्यस्तै वेष्ट प्लेयर नेपाल पुलिस स्कुल कै बलराम यादव भए भने हाइस्कोर पनि नेपाल पुलिसका विमोजित राजबंशीले हात पारे । अनुशासित टिम बेलर स्कुल भएको थियो । प्रतियोगितामा काभ्रे, काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला आठ बिद्यालयको सहभागिता रहेको थियो ।

Facebook Comments