रोशी सहकर्मी-पौष ०७,
धुलिखेल/

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले द्वन्दका अवधीमा भएका घटनामा मुद्धा चलाउन गरेको सिफारिस सरकारले नमान्ने गरेको बताएका छन् । धुलिखेलमा आयोगले चलाएको मानवअधिकार र पत्रकारिता तालिमको समापनमा सञ्चारकर्मीका प्रश्नको जवाफ दिदै उनले आयोगले कार्यान्वयनको लागि दाबी मात्रै गर्न सक्ने बताए । द्वन्दकालीन मुद्धामा तत्कालिन विद्रोही, सैनिक र प्रशासक पनि पर्ने भएकाले सरकारले नचाहने तर्क गर्दै दबाब दिनेबाहेक आयोगसंग कुनै अस्त्र नभएको बताए । मुद्धा चलाउने भन्दा परिपुरण बढी दिनेतर्फ सरकार लागेको भन्दै त्यसले समाधान नदिने बताए । पत्रकारलाई मानवअधिकार रक्षकको रुपमा चित्रण गर्दै उनले आयोगसंगको सहकार्य बढाउनुपर्ने बताए । मानवअधिकार पत्रकार संघ (हुर्जा) को सहकार्यमा भएको तालिममा प्रदेश ३ का १३ जिल्लाका ३० सहभागी थिए ।

Facebook Comments