रोशी सहकर्मी-पौष ०७,
पनौती/

अक्षरमार्गले पनौतीमा शिशिर काब्य गोष्ठीको आयोजना गरेको छ । सो कार्यक्रममा तीन दर्जन कविहरूले देशप्रेम, प्रकृति प्रेम, प्रेमप्रणय भावका, समसामयिक विषयमा सिर्जना गरेका कविताहरू बाचन गरेका थिए । केही कविताहरू वर्तमान समयमा चर्चामा रहेका कालापानी र लिपुलेकका विषयमा पनि प्रस्तुत भएका थिए ।
कवि सुदेस सत्यालको फर्केर आऊ घर कविता बाचनबाट प्रारम्भ भएको शिशिर काब्य गोष्ठी कवि सूर्य लाकोजूको मुक्तक प्रस्तुतिपछि समापन भएको थियो । यसको अलावा काब्य गोष्ठीमा सो काब्य गोष्ठीमा सारदा शर्मा, मच्छेश्वर सापकोटा, कलानीधि दाहाल, सरु सुवेदी, विनोद खत्री आकाश, दीक्षा चापागाई, केशव ज्ञवाली, धुर्बकृष्ण ताम्राकार, ओतबहादुर खड्का, विजयराम कर्माचार्य, तुयुकाजी ताम्राकार, छविछिमेकी, बद्री उप्रेती, नम्रता उप्रेती, उमा दाहाल, सोमकाजी शाक्य, हरिप्रसाद चौलागाई, गोपाल पौडेल, पार्वती केसी, रामकृष्ण भट्ट, प्रकाश सुवेदी, रञ्जना निरौला, सुमन घिमिर,े दीक्षा चापागाई, रामसुन्दर देउजा, लगायतका स्रष्टाहरूले आफ्ना सिर्जना सुनाएका थिए ।
सोही काब्य गोष्ठीमा डा. गोपाल पौड्याल मण्डनेद्वारा रचित पाकेटमारको चिठी कथासङ्ग्रहको विमोचन पनि भएको छ । सो पुस्तकको लोकार्पण गोष्ठीका प्रमुख अतिथि साहित्यकार भागीरथी श्रेष्ठ, कवि सूर्यप्रसाद लाकोजू, समालोचक ध्रुब मधिकर्मी कलानीधि दाहाल, मच्छेश्वर सापकोटालगायत उपस्थित सम्पूर्ण सहभागीहरूले संयुक्त रूपमा गरेका थिए ।

Facebook Comments Box