रोशी सहकर्मी–पौष ०८,
तेमाल/

तेमाल गाँउपालिकाले २०७६–०७७ को S.E.E. परिक्षा लाई लक्षित गरि माबि तहका बिधार्थिलाई स्टेसनरी सामग्री बितरण गरेको छ । तेमालमा रहेका माबि तहका ३४९ जना बिधार्थिलाई तेमाल गाँउपालिका अध्यक्ष सलाम सिं तामाङले एक कार्यक्रमका बिच स्टेसनरी सामाग्री वितरण गरेका हुन् । स्टेसनरी सामग्री लिनेमा तेमाल गाँउपालिका वडा नं १ मा रहेको जनचेतना मा बिका ५८ जना, वडा न. २ मा रहेको सर्वोद्धार मा बि.का २१ जना, तेमाल ३ मा रहेको भुमे माबि का ३१ जना, तेमाल ४ मा रहेको तेमाल मा.बि.का २५ जना, तेमाल ५ मा रहेका नारायण स्थान मा.बि.का ५२ जना, तेमाल ६ मा रहेको पञ्चकन्या मा.बि. का ३१ जना, तेमाल ७ मा रहेको राधाकृष्ण मा.बि. का २६ जना, तेमाल ८ मा रहेको जनज्योती मा.बि का १२ जना, सोही वडाको सेती देवी मा.बि.का १९ जना र तेमाल ९ मा रहेको कुशेश्वर मा.बि.का ७० जना गरि कुल ३४९ जना रहेका छन् । कार्यक्रममा तेमाल गााउपालिकाका प्रशासकिय अधिकृत बसन्त केसी, नेपाल बिधार्थि संधका नेता दिपक तामाङ, बिभिन्न बिधालयका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments