रोशी सहकर्मी–पौष ०८,
धुलिखेल/

जनप्रतिनिधिहरुको लागि नेतृत्व विकास र सकारात्मक सोच सम्बन्धि तालिम सम्पन्न भएको छ । धुलिखेलको हिमालयन होटलमा ७ र ८ दुई दिन भएको उक्त तालिममा मानव स्वभाव, सृजनशिल क्षमता, रचनात्मक कार्य, समृद्धिका लागि सकारात्मक सोचको विकास सम्बन्धि विषयमा छलफल भएको थियो । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग रहेको तालिममा रोशी गाउँपालिका र नाङ्शाल एशोसियसन नेपालको आयोजना रहेको थियो । तालिममा रोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी बर्तौला, प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहाल, वडा अध्यक्षहरु, कार्यपालिकका सदस्यहरु, नाङशाल एशोसिएसन नेपालका अध्यक्ष दिनेश लामा, कार्यकारी निर्देशक गुणराज मुक्तान, पहुँच परियोजनाको कार्यक्रम संयोजक विमला सापकोटा लगायत रोशी गाउँपालिकाका सम्पूर्ण शाखा प्रमुखहरुको उपस्थिति रहको थियो । तालिम अवधिभर राम राउतले प्रशिक्षण दिएका थिए ।

Facebook Comments