अशोक बुद्ध लामा–पौष १०,
मंगलटार/

रोशी गाँउपालिका स्थित मंगलटारमा बनेको मंगल जन विजय माध्यमिक विद्यालयको नव निर्मित आठ कोठे भवन विधालयलाई हस्तान्तरण गरीएको छ । जिल्ला आयोजना कार्यन्यन भवन(शिक्षा)को १ करोड २३ लाख आर्थिक सहयोगमा निर्माण भएको भवन राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं संघिय माननिय सांसद शशी श्रेष्ठले आज एक कार्यक्रमका बिच उद्धघाटन गर्दै विधालयलाई हस्तान्तरण गरेका हुन् । उद्धघाटन पछि बोल्दै सांसद श्रेष्ठले आर्थिक सहयोग गरेकोमा जिल्ला आयोजना कार्यन्वयण इकाइ(शिक्षा)लाई धन्यवाद दिए । संविधानमा नै उल्लेख भएको शिक्षा मौलिक हकभित्र पर्ने बताउँदै यसलाई पुरा गर्नुपर्ने बताए । आफुले पनि सामुदायिक बिधालयबाट नै शिक्षा प्राप्त गरेको बताउँदै नेपाल बोर्डफस्ट बाबुराम भट्टराई, डाक्टर उपेन्द्र देवकोटा पनि सामुदायिक विद्यालयम पढेर नै सफल भएको स्मरण गराए । शिक्षा क्षेत्रमा बजेट अत्यन्तै थोरै छुट्टयाइएको र कुल गार्हस्थ उत्पादनको ८५ छुट्टाउनुपर्ने बताए । अन्य क्षेत्रमा भन्दा शिक्षा क्षेत्रमा १०५ बजेट छुट्टाउनुपर्ने कुरामा सांसद श्रेष्ठले जोड दिए ।
भवन हस्ताण्तरण कार्यक्रममा बोल्दै रोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी उप्रेती(बतौल) रोशीको एकमात्र क्याम्पस मंगल जन विजय क्याम्पसलाई रोशी गाउँपालिकाले गर्नुपर्ने साथ र सहयोग रहिरहने बताईन् । तेमाल गाउँपालिकाका प्रवक्ता ज्ञान बहादुर लामाले भवनको आवश्यकता औँल्याउँदै कुन कारणले सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै छन्, त्यसको मुल्यांकन गर्नुपर्ने र विकल्प खोज्नुपर्ने बताए । तेमाल गाँउपालिका वडा नं ८ का वडा अध्यक्ष लक्ष्मी बहादुर घिसिङले गुणस्तरीय शिक्षामा जोड दिन सुझाए । सामुदायिक र निजि विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई अभिभावकले नै विभेद गरेको बताँउदै शिक्षक,अभिभावक व्यवस्थापन समितिको सक्रियतालेनै सामुदायिक विद्यालयको शिक्षा सुधार्न सकीने औँल्याए । रोशी शिक्षक महासंघका अध्यक्ष अम्विक प्रसाद दहालले भुकम्पले क्षतिग्रस्त भवनलाई पुर्न्निर्मण गर्न सहयोग गर्ने सबै संस्थालाई धन्यवाद दिए । सामुदायिक विद्यालयको स्तर उकास्न सम्बन्धित सबैले ध्यान दिनुपर्ने बताए ।

बिध्यालयका प्रधानाध्यापक बासु थापाले विद्यालयमा सहयोग गर्नेलाई धन्यवाद दिँदै भुकम्प पछि ६ महिना टहरमा पढाएको सुनाए । जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षालाई भवनको लागी अनुरोध गरेपछि ८ कोठी पक्की भवन १ करोढ २३ लाख लागतमा बन्न सफल भएको बताए । त्यस्तै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रण बहादुर लामाले बिभिन्न कठिनाईका बावजुत भवन निर्माण सम्पन्न भएको र यस्का लागी लागिपर्ने अध्यक्ष बज्रध्वाज लामा प्रधानाध्यापक बासु थापा लागएतको टिमलाई धन्यवाद दिए ।
कार्यक्रमका सभापति एवं विद्यालय व्यस्थापन समितिका अध्यक्ष बज्रध्वज लामाले विद्यालयमा विद्यार्थी कम भएको स्वीकार गर्दै निजिको तुलनामा सामुदायिक विद्यालयमा पढ्नेहरुले धेरै प्रगति गरेको स्मरण गराए । कार्यक्रममा विभिन्न संध संस्थाका प्रतिनिधिहरु, शिक्षा प्रेमीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments