रोशी सहकर्मी–पौष १०,
काभ्रे/

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूलाई मन लागेको जुनसुकै धर्म मान्न स्वतन्त्रता रहेको बताउनुभएको छ । ख्रीष्ट जन्म उत्सवको अवसरमा बनेपामा आयोजित शुभकामना आदानप्रादन कार्यक्रममा मन्त्री बाँस्कोटाले व्यक्तीले आफूखुशी लागेको धर्म मान्न पाउने स्वतन्त्रता रहेको बताउनुभयो । नेपाल धर्म निरपेक्ष मुलुक रहेकाले यहाँ जुन सुकै धर्म स्वतन्त्र पुर्वक मान्न पाउने अधिकार संविधानले ग्यारेन्टी गरेको मन्त्री बाँस्कोटाले बताउनुभयो । उहाँले नेपाल बहुभाषी, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभौगालिक एउटा सिङ्गो देश भएकाले विश्वभर यसको सन्देश फैलाउन सक्नुपर्छ भन्नुभयो । मन्त्री बाँस्कोटाले देशमा जाती र भाषा मात्र नभई विभिन्न १० वटा धार्मिक सम्पदायका मानिसहरु बसोबास गर्ने भएकाले ति सबै प्रति राज्यको सम्मान रहेको छ भन्नुभयो । कार्यक्रममा बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह बादेले मुलुकमा रहेका सबै धर्मलाई सम्मान व्यवहार राज्यले गर्नुमा जोड्दिनुभयो । ख्रीष्ट जन्म उत्सव कार्यक्रममा संयोजक वविन रानाले धर्म माने कै भरमा अझै पनि आफ्नो धर्मालम्बी पक्राउ परेको भन्दै रिहाइको माग गर्नुभयो ।

Facebook Comments