रोशी सहकर्मी–पौष १०,
काभ्रे/

जिल्ला प्रहरी कार्यालय काभ्रे लगायत विभिन्न ईलाका प्रहरी कार्यालय र चौकीहरुमा थन्किएर रहेका मोटरसाईकलहरु ब्यवस्थापन गर्नै कठिन रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवि पौडेल अनुसार विभिन्न समयमा चेक जाँचको अवस्थामा नवीकरण फेल भएका, वेवारिसे अवस्थामा फेला पारेको र सवारी दुर्घटनाको क्रममा कानुनी कार्वाहीका लागि कार्यालयमा ल्याउने क्रममा त्यस्ता मोटरसाईकलहरुको आधिकारीता खोजिने तर त्यो प्राप्त नभएसम्म प्रहरी कार्यालयमा नै राखिने गरेको कारण मोटरसाईकलहरु थुप्रिएको अवस्थामा रहेको हो । त्यसरी थन्क्याइएको मोटरसाईकलहरु ब्यवस्थित गर्न झन्झटिलो भएका कारण त्यतिकै राखिएको उहाँले बताउनुभयो । त्यसरी रहेका मोटरसाईकलहरु बुझाउने त भन्सारमा हो तर प्रक्रिया झन्झटिलो भएका कारण थुपारेर राखिएको प्रहरीले जनाएको छ ।
मोटरसाईकलहरु जिल्ला प्रहरी कार्यालय परिसरमा मात्रै करिब ५१ वटा रहेको र अन्य विभिन्न ईलका प्रहरी कार्यालय र चौकीहरुमा करिब २०÷२५ वटा मोटरसाईकलहरु रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो । ब्यवस्थापन गर्नका लागि भन्सार पठाउन सकिने भएपनि कसरी गर्ने भन्ने विषयमा सोचिरहेको उहाँले बताउनुभयो ।

Facebook Comments