यश कुमार परियार,काभ्रे
तेस्रो म्हेनिङग (दशै तिहार) मैत्री फुटबल टुर्नामेन्ट “महाभारत कप” र संस्कृती कार्यक्रम २०७६ यहि असोज १८ गतेदेखि सुरु हुने भएको छ । रोशी गाँउपालीका वडा नं १ स्थित ताङलिङ्ग युवाक्लब (TYC) द्धारा आयोजना हुन लागेको उक्त खेल ताङलिङ्ग स्थित खेल मैदानमा हुने क्लबका अध्यक्ष धन बहादुर लामा (विजय) ले जानकारी दिएका छन् । आयोजकले दशै तिहार–छठको उपलक्ष्यमा एक शुभकामना दिदै खेल खेल आयोजना हुन लागेको जानकारी दिएको हो । खेलमा रोशी गाँउपालीका भरीका १२ टिमहरुको सहभागीता रहने छ । खेलमा प्रथम पुरस्कार रु १ लाख ५ हजार र दोस्रो पुरस्कार ५१ हजार रहेको छ । २२ गते सम्म चल्ने फुटबल समापन कार्यक्रममा प्रमुख अतिथी तेज बहादुर तामाङ (कान्छ) को प्रमुख आतिथ्यता रहनेछ भने गायक बिशाल कल्तान, अमृत लामा, गायिका जितु लोप्चान, सुनमाया सहित स्थानीय कलाकारहरुको सांस्कृतीक कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

Facebook Comments Box