यश कुमार परियार–पौष ११,
तेमाल/

तेमालको अभियान, प्रतिभाको पहिचान भन्ने नाराका साथ तेमाल गाँउपालिकाको आयोजनामा आधारभूत विधालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता र माध्यमिक विधालय स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । १६ बिधालयको सहभागी रहेको हाजिरी जवाफ प्रतियोगितामा सर्वोद्धार माध्यमिक विधालय प्रथम हुन सफल भएको छ । त्यस्तै राधाकृष्ण माध्यमिक बिधालय द्धितिय, पञ्चकन्या माध्यमिक बिधालय तृतिय र चौथोमा तेमाल माध्यमिक बिधालय हुन सफल भएको छ । प्रतियोगीतामा प्रथम हुन सफल बिधार्थिहरुलाई गाँउपालिका उपाध्यक्ष दुर्गामायाँ तामाङले ४ हजार सहित प्रमाण पत्र, द्धितियलाई ३५ सय, तृतियलाई २५ सय र चौथो हुनेलाई १५ सय सहित प्रमाण पत्र प्रदान गरेकी हुन् ।
त्यसैगरी निबन्ध प्रतियोगीतामा तेमाल अन्तर्गतका १० वटा माबि तहको विधार्थिहरुको सहभागीता रहेको थियो । प्रतियोगीतामा पञ्चकन्या माध्यमिक बिध्यालय प्रथम हुन सफल भएको छ । त्यस्तै तेमाल माध्यमिक बिधालय द्धितिय, नारायण स्थान माध्यमिक बिधालय तृतिय र जन ज्योती माध्यमिक बिधालय चौथो हुन सफल भएको छ । प्रथम हुने पञ्चकन्या माध्यमिक बिधालयले नगद रु ५ हजार सहित प्रमाण, द्धितिय हुने तेमाल माध्यमिक बिधालयले ४ हजार, तृतिय नारायण स्थान माध्यमिक बिधालयले ३ हजार र चौथो हुने जन ज्योती माध्यमिक बिधालयले २ हजार सहित प्रमाण पत्र प्राप्त गरेको छ । कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुँईकेल, सामाजिक विकास संयोजक लक्ष्मी बहादुर घिसिङ, शिक्षा शाखा प्रमुख बसन्त के.सी., गाँउपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडा अध्यक्ष ज्ञान बहादुर तामाङ, वडा नं २ का वडा अध्यक्ष तिमाल सिं तामाङ, वडा नं ३ का वडा अध्यक्ष विष्णु बहादुर तामाङ, विभिन्न विधालयका प्र.अ. एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी सम्पुर्ण बिधार्थिहरुलाई प्रमाण पत्र पदान गरीएको थियो ।

Facebook Comments