यश कुमार परियार–पौष ११,
काभ्रे/

रोशी गाँउपालिका वडा नं २ को वडा कार्यलय भवन निर्माणका निमित्त ६ आना जग्गा उपलब्ध भएको छ । भवन बन्ने भएपछि सोही वडा बस्ने हस्तमान लामाले चन्डी बेशीमा रहेको जग्गा वडा कार्यलयलाई दान गरेका हुन् । वडा कार्यलय बनाउनको निमित्त पहिले पनि पदम बहादुर बोहोराले साविक ५ नं वडामा रहेको ४ आना जग्गा पास गरेर दिएका थिए । बिना नाप जाँच जग्गा दान गरेका बोहोराले आफ्नो घर पनि सोही ४ आना जग्गा भित्र पर्ने थाहा पाएपछि विवाद भएको थियो । वडा कार्यलय बनाउँन घर भत्काउन पर्छ भनेपछि बोहोराले वडा कार्यलयमा आफ्नो जग्गा फिर्ता पाँउ भनि निवेदन दिएका थिए ।
वडा कार्यलयले यसै जग्गा फिर्ता नहुने भनेपछि आज वडा नं १ का वडा अध्यक्ष श्रिदास लामा, वडा नं २ का वडा अध्यक्ष पोते लामा र वडा नं ३ का वडा अध्यक्ष धनजित लामाको संयोजकत्वमा बसेको बैठकले अर्को ठाँउमा वडा कार्यलय बनाउनु पर्ने निष्कर्ष निकालेको थियो । सोही क्रममा हस्तमान लामाले ६ आना जग्गामा वडा कार्यलय भवन निर्माणको लागी दान दिने घोषणा गरेकोे स्थानीय शिक्षक गण बहादुर लामाले भने ।
रेडियो रोशी सँग कुरा गर्दै वडा नं २ का वडा अध्यक्ष पोते लामाले आउँदो सोमबार जग्गा पास गर्न जाने र लगतै काम सुरु गर्ने बताए । रु ३७ लाखमा निर्माण हुन लागेको भवन सौचालय सहित ४ कोठाको रहने छ । आँउदो असार सम्म निर्माण सम्पन्न गरी नयाँ भवनबाट सेवा दिने लक्ष्य रहेको उनले बताए । अहिले वडा अध्यक्षकै घरमा मासीक ६ हजार रुपौँया तिरेर वडा कार्यलय सञ्चालनमा रहेको छ ।

Facebook Comments