रोशी सहकर्मी–पौष ११,
काभ्रे/

बीपी राजमार्ग अन्र्तगत धुलिखेल नगरपालिका वडा न ११ पात्लेखेत मा टाटा सुमो अनियन्त्रित भएर दुर्घटना हुँदा एक महिलाको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभे्रका डीएसपी दीपक गिरीले रामेछाप जिल्लाबाट काठमाडौं तर्फ आउँदै गरेको ना. १ ज. ६१५३ नम्बरको टाटासुमो दुर्घटना हुँदा सर्लाही जिल्ला इश्वरपुर नगरपालिका वडा न ८ बस्ने २५ बर्षीय मीरा बोगटीको मृत्यु भएको जानकारी दिनुभयो ।
अनियन्त्रित भएर सडक किनारको बारमा ठोकिएको सुमोमा सवार बोगटी र उनको ४ बर्षको छोरा बल्लभ घाईते भएका थिए । घाईते दुई जना कै उपचारका लागि धुलिखेल लगिएकोमा मीराको मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो भने बालकको उपचार भइरहेको छ । चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments