रोशी सहकर्मी–पौष ११,
धुलिखेल/

डलर देखाएर एक व्यक्तीको १५ लाख रुपियाँ ठगी भएको छ । रुकुम जिल्ला मुसिकोट नगरपालिका वडा नं.२ घर भई हाल ललितपुर उपमहानगरपालिका वडा नं.२३ धापाखेल बस्ने दिपेन्द्र खड्काको डलर साट्ने नाममा १५ लाख रुपियाँ ठगी भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभे्रमा खड्काले आफू ठगीको भन्दै निवेदन दिएपछि उक्त घट्ना बाहिर आएको हो । ३५ हजार डलर दिने तर आफूहरुलाई १५ लाख रुपियाँ चाहिने बताएपछि खड्काले उक्त रकम दिएका रहेछन । घट्नाको जानकारी दिदैँ डीएसपी दीपक गिरीले भन्नुभयो– डलर भनेको पोकामा डलर नभएपछि घट्ना बाहिर आएको देखिन्छ ।
उनीसँग सम्पर्कमा आएका दुई व्यक्तीले पहिला डलर देखाएपनि रकम साट्ने बेलामा कागजको विटो रुमालमा पोको पारेर दिएको खड्काले प्रहरी कार्यालयमा दिएको निवेदनमा उल्लेख् छ । केही समयपछि हेर्दा डलरको आकारमा काँटछाट गरेको कागजको बिट्टा मात्र भएपछि खड्काले ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । रकम ठगी गर्ने दुई जनालाई खोजी भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

Facebook Comments