रोशी सहकर्मी–पौष १२,
धुलिखेल/

ग्रामीण आपतकालिन ट्रमा प्रणाली सुदृढीकरण परियोजनाले काभे्र जिल्लाको बेथानचोक र चौँरीदेउराली गाउँपालिकामा सुविधा सम्पन्न एम्बुलेन्स दिने भएको छ । भौगोलिक रुपमा विकट रहेका त्यस क्षेत्रका बासिन्दा प्रत्यक्ष फाईदा हुन् गरी नेपाल रेड्क्रस सोसाइटी मार्फत त्यस क्षेत्रमा ख बर्गको एम्बुलेन्स वितरण गर्न लागेको हो । परियोजनाले दुई बर्ष देखी गरिरहेको कामको जानकारी दिन आयोजना भएको कार्यक्रममा रेडक्रस काभे्र शाखाका सभापति रघुवर चौप्रधानले छिटै् बेथानचोक र चौँरीदेउराली गाउँपालिकालाई सुविधा सम्पन्न एम्बुलेन्स दिन लागेको जानकारी गराउनुभयो ।
परियोजनाले १३ वटै स्थानीय तहमा स्वास्थ्य सम्बन्धी गरिरहेको कामको जानकारी दिदैँ भविष्यमा गर्ने कामको बारेमा जानकारी गराएको थियो । बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उहाँले ग्रामीण भेगमा सुविधा सम्पन्न एम्बुलेन्स दिने कामको प्रशंसा गर्नुभयो । उहाँले काभे्र जिल्लामा एम्बुलेन्स भएपनि चाहिएको समयमा उपलब्ध हुन नसक्ने गरेको गुनासो गर्नुहुँदै धुलिखेल अस्पतालमा सुरु भएको जिपीएसमा सबै एम्बुलेन्स जोड्न सके सहज रुप मै एम्बुलेन्स पाइन सकिन्थो भन्नुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईले ग्रामीण भेगसम्म गएर परियोजनाले स्वास्थ्य क्षेत्रमा पु¥याएको सेवाको प्रशंसा गर्नुभयो । स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले एम्बुलेन्सहरुको अनुगमन समिति भएपनि समय समयमा अनुगमन हुन नसक्दा थोक्रा, पुराना एम्बुलेन्सले सेवा दिदाँ जोखिम बढेको बताउनुभयो । काभे्रमा रहेका एम्बुलेन्सले न्युनतम मापदण्ड पनि पुरा नगरेको उहाँको भनाई थियो ।
नेपाल रेडक्रस केन्द्रीय कार्यालय स्वास्थ्य सेवा विभागका प्रतिनिधि बालकृष्ण सेढाईले बेथानचोक र चौँरी देउरालीमा ख वर्गका दुईवटा एम्बुलेन्स दिन लागेको बताउनुभयो । उहाँले काभे्रमा ३३ वटा एम्बुलेन्स भएपनि एकाध बाहेक अन्य ग बर्गका रहेको बताउनुभयो । नेपाल रेडक्रस काभे्र शाखाका उपसभापति रघुनाथ हुमागाईले स्वागत मन्तव्य राखेको कार्यक्रममा धुलिखेल अस्पताल इर्मेजेन्सीका डा. सानुकुमार श्रेष्ठ, संस्थाका प्रतिनिधि लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए । १३ स्थानीय तहका स्वास्थ्य प्रमुखहरुको उपस्थित रहेको उक्त कार्यक्रममा नयाँ कार्यक्रम र भइरहेका कामको बारेमा जानकारी गराइएको थियो ।

Facebook Comments