रोशी सहकर्मी–पौष १२,
खोपासी/

पनौती नगरपालिका वडा न १० खोपासीमा रहेको जलबिद्युतबाट उत्पादन हुने बिद्युत काभे्र जिल्ला मै खपत हुने गरी काम सुरु भएको छ । विद्युत्त प्राधिकरण काभ्रे शाखाका प्रमुख रञ्जनराज गुरुङ्गले बिद्युत जिल्ला मै खपत हुने गरी सब स्टेशन बनाउने प्रक्रिया सुरु भएको बताउनुभयो । उहाँले खोपासीमा सब स्टेशन बनेपछि त्यहाँ उत्पादन भएको बिजुली जिल्लामै खपत हुने बताउनुभयो ।
काभ्रेको २८ किलोमा रहेको सब स्टेशनले जिल्लाका विभिन्न स्थानमा विद्युत्त सप्लाई हुँदै आएको थियो । जिल्लामा ६६ केभीको सप्लाई हुँदा कतै तार चुड्दा १८ घण्टासम्म विजुली बत्ति प्रयोगमा आउन सकेको थिएन । जिल्लाबासीहरुलाई अँध्यारोबाट मुक्त गर्न त्यसको बैकल्पिक ब्यवस्थापका लागि विद्युत्त प्राधिकरण काभ्रे शाखाले पनौतीको खोपासीमा सब स्टेशन राख्ने प्रस्ताव गरेको थियो । सोहि प्रस्ताव अनुसार विद्युत्त प्राधिकरणले उक्त क्षेत्रमा सब स्टेशन निर्माण गर्ने गरी बजेट विनियोजन गरेको गुरुङ्गले बताउनु भयो । पनौतीको खोपासीमा बन्ने उक्त सब स्टेशनमा ३ एम भि एको ३३÷११ केभीको सप्लाईका लागि आवश्यक पुर्वाधार निर्माण हुनेछ ।
नेपाल विद्युत्त प्राधिकरण काभ्रे शाखाले आक्रामक शैलीमा विद्युत्त चुहावट नियन्त्रण, मर्मत सम्भारको कार्य गरिरहेको छ । कार्यालय प्रमुख रञ्जनराज गुरुङ्गले बक्यौता असुल, चोरी नियन्त्रण, मक्किएका पोलहरुको मर्मत लगायतका कार्यहरु निरन्तर गरिरहेको बताउनु भयो । चुहावट नियन्त्रण टोलीले बेथानचोक लगायत विभिन्न स्थानहरुमा छड्के चेकजाँच गर्ने क्रममा दुग्ध तथा तरकारी सहकारी संस्था, घर आदिबाट चुहावट गरेका बिभिन्न ग्राहकहरुबाट चोरीमा प्रयोग गरिएका सामानहरु बरामद गरेको छ । त्यस्तै धुलिखेल २ रविओपी लगायत विभिन्न स्थानहरुमा नियमित छड्के चेकजाँच गर्दा बिजुली अनाधिकृतरुपमा चोरी गरेको गरिरहेको विद्युतीय सामाग्रीहरु जफत भएको छ । त्यसैगरी अन्य ग्राहकहरुलाई चेतावनी दिने र घरमा जडान हुकिङ तारहरु हटाईएको छ ।

Facebook Comments