रोशी सहकर्मी–पौष १२,
बैदेशिक रोजगारको शिलशिलामा यु ए ई भरी छरिएर रहेका तामाङहरुलाई एउटै छाता संगठनमा एकताबद्ध गराई सन २००५ सालमा स्थापना भएको तामाङ समाज यु ए ई ले तामाङ समाज यु ए ई को शान , तामाङ संस्कृति , तामाङ पहिचान भन्ने मुल नाराका साथ मानाउँदै आएको ल्होछार हरेक बर्षहरुमा झैँ यो बर्ष पनि ब्यापकरुपमा २८५६ औँ जिवा ल्हो सेलो विशेष सांगीतिक ल्होछार साँझ भब्यताका साथ मानाउने भएको छ ।
संस्थाको स्थापना कालदेखि नै बैदेशिक रोजगारको शिलशलामा यु ए ई भरी छरिएर रहेको तामाङ दाजुभाइ तथा दिदीबहिनीहरुलाई एकता गराई तामाङ समुदायको हक , हित र अधिकारको सुनिश्चितता लागि अवाज बुलन्द बनाउँदै तामाङको पहिचानको निम्ति ठूलो भुमिका खेल्दै आएको छ । तामाङ समुदायको धर्म , रितिरिवाज , चाडपर्व , भाषा , भेषभुसाका साथै तामाङ समुदायको चौतर्फी बिकास गर्नका लागि प्राबसी भुमिबाट नै ठूलो भुमिका खेल्दै आएको छ । यति मात्रै नभएर अन्य संस्थाहरुको दाँजोमा यु ए ई मा आफ्नो छुट्टी पहिचान बनाएर सामाजिक कार्यहरुमा सकृय भुमिका निभाउँदै आएको छ । संस्थामा आबद्ध रहेको सदस्यहरु को घाउमा मलम लगाउने मात्रै नभएर समय समयमा तामाङ समुदायबाट राष्ट्र गौरबको निम्ति ठूलो योगदान पुर्याउने ब्यक्तित्वहरुलाई प्रोत्साहन स्वरुप नगद तथा प्रसंसा पत्रद्वारा सम्मान पनि गर्दै आएको छ ।
बिगतका बर्षहरुमा झैँ यो बर्षको २८५६ औँ जिवा ल्हो पनि धुमधामका साथ सेलो सांगीतिक महोलमा नेपालबाट आमान्त्रित बरिस्ठ सेलो गायिका ईन्दिरा गोलेको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने संस्थाका साँस्कृतिक बिभाग प्रमुख सन्दिप ग्याबा तामाङले बताउनु भयो ।
तामाङ समाज यु ए ई अब शैक्षिक क्षेत्रमा स्तर उन्नति हुनुपर्छ र ग्रामीण गाउँ बस्तीहरुमा शैक्षिक जागरण, प्रेरणा, प्रोत्साहन र शैक्षिक क्षेत्रमा हातेमालो गर्ने उद्देशका साथ सन (२०११ देखि सपोर्ट माई स्कुल भन्ने शैक्षिक परियोजना स्थापना गरेर नेपालको ग्रामीण भेगमा तामाङ समुदायको बाहुल्यता रहेको बिद्यालयलाई शैक्षिक सहयोग रकम हरेक बर्षहरुमा हस्तान्तरण गर्दै आएको छ । जुन शैक्षिक सहयोग बाट तामाङ समुदायको बाहुल्यता रहेको जिल्लाहरु काभ्रे, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट र चितवान जिल्लाहरु लाभान्वित भईरकेको समाजका अध्यक्ष महेश मोक्तानले बताउनु भयो ।
साथै यो बर्षको ल्होछार बिगतका बर्षहरुमा भन्दा विशेष , पृथक र भब्य बनाउन सम्पूर्ण सदस्यहरु सकृय रुपमा गृहकार्य गर्दै लागि परेको छ । यु ए ई भरी छरिएर रहेको सम्पूर्ण तामाङ दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित गराउँन मुख्य शहरहरुबाट यातायातको पनि ब्यबस्था रहेको समाजका कार्यबाहक अध्यक्ष जितेन्द्र तामाङले जानकारी दिनु भयो ।

Facebook Comments Box