रोशी सहकर्मी-पौष १५,
काठमाडौं/

एन आर ए लेवनान की महिला संयोजक मञ्जू मोक्तानले आफ्नो जन्म दिन वृद्धवृद्धासँग मनाउनुभएको छ । धेरैले फजूल खर्च गरेर मनाउने जन्म दिन मोक्तानले भने गोंगबुमा रहेको हिमालय वृद्धाश्रम केन्द्रमा रहेका वृद्धवृद्धलाई न्यानो कपडा तथा खानेकुरा वितरण गरेर मनाउनुभएको थियो ।
न्यानो कपडा र खानेकुरा बोकेर पुग्नुभएको मोक्तानलाई बृद्धबृद्धाले खुशी साटेका थिए । छोराछोरीले छाडेर गएपछि वेसहारा जीवन जिउँदै गएका उनीहरुलाई मोक्तानको सहयोगले जोडामा न्यानो थप्न मद्त पुगेको बताए । विदेशी भूमिमा रहेर पनि माया गरेकोमा सुस्वास्थ्य तथा दिर्घायुको कामना बृद्धबृद्धाले गरेका थिए ।

उहाँको जन्म दिनमा साथ दिन नेपाली कांग्रेस काभ्रेका नेता तीर्थ लामा, वृद्धाश्रमका संचालक समिति अध्यक्ष सरला पन्थी, बिन्दा पौडेल, रिमा सापकोटा, शोभा सापकोटा, आइटिम फाउण्डेशन नेपालका अध्यक्ष दावा फेन्जु लामा लगायत पुग्नुभएको थियो । हिमालय वृद्धाश्रम केन्द्रका अध्यक्ष सरला पन्थीले ४१ बृद्धाबृद्धलाई न्यानो कपडा र खानेकुरा मोक्तानले दिएको बताउनुभयो । साह्रै खुशी लागेको छ, आफ्नो जन्मदिनमा यहाँका बृद्धबृद्धालाई सम्झेर जाडोका लागि न्यानो कपडा र खानेकुरा दिनुभएकोमा ।

महिलाहरुले सञ्चालन गरेको वृद्धाश्रममा ४१ जना वृद्धवृद्धा रहेका छन । बेवारिसे वृद्धवृद्धालाई उनीहरुले वृद्धाश्रममा लगेर स्याहारसुसार गर्ने गरेका छन । सरकारी निकायबाट कुनै पनि सेवासुविधा नपाएको यस केन्द्रले घरदैलो मुठी दान संकलन गरेर वृद्धाश्रमले उनीहरुको लत्ताकपडा तथा खानाको व्यवस्था गरेको छ । पछिल्लो समय जन्मदिन, संघसंस्थाको वार्षिक उत्सव जस्ता विशेष दिनको अवसर पारेर वृद्धवृद्धालाई सहयोग गर्ने मानिसहरुको संख्या बढ्दै गएकाले यसबाट थप सहयोग पुगेको केन्द्रले बताएको छ ।
कार्यक्रमको सहजिकरण आइ टिम फाउण्डेशन नेपालले गरेको थियो । फाउण्डेशनका अध्यक्ष दावा फेन्जु लामाले ११ जनाको समुह रहेको फाउण्डेशनले प्रत्येकको जन्मदिनमा ३÷३ हजार उठाउने गरेको जानकारी दिनुभयो । उक्त रकम सामाजिक कार्य अन्तर्गत बालवालिका तथा जेष्ठ नागरिकको क्षेत्रमा खर्चिने गरेको उहाँको भनाई थियो । काभे्र काँगे्रस नेता तीर्थ लामाले आफ्नो तर्फबाट केन्द्रलाई आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
जन्मदिनमा साहारा विहिन बृद्धाबृद्धलाई सहयोग गर्न पाउँदा निकै खुशी लागेको बताउँदै मोक्तानले अवसर जुराइदिएकोमा आइ टिम फाउन्डेशनलाई धन्यवाद दिनुभयो ।

Facebook Comments