रोशी सहकर्मी-पौष १५,
खहरेपाँगु/

रोशी गाउँपालिका वडा नम्वर १ खहरेपाँगुमा रहेको चेतना माध्यमिक बिद्यालयको नवनिर्मित भवन हस्तान्तरण तथा समुद्घाटन भएको छ । शनिवार एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले उक्त भवनको उद्घाटन गर्नुभयो ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले ७० लाख रुपियाँमा चार कोठे दुई तले भवन बनाईदिएको थियो । राष्ट्रिय पुननिर्माण प्राधिकरणको चौथो स्थापना दिवसको अवसरमा जिल्लाभर निर्माण सम्पन्न भएका भवन उद्घाटन तिव्र भइरहेको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले पुस ९ देखी १२ सम्म स्थापना दिवस मनाएको थियो ।
बिद्यालय व्यवस्थापन समिति मार्फत १७६ बिद्यालय निर्माण सम्पन्न भएका छन । जिल्लाका १३ वटै स्थानीय तहमा पुनर्निर्माण तिव्रगतीमा भइरहेको जिल्ला आयोजना कार्यालय शिक्षाका प्रमुख द्धारिका पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार एसियाली विकास बैंक मार्फत २८ निर्माण सम्पन्न भएका छन । १० निर्माधिन अवस्थामा रहेका छन भने १० बिद्यालय माघ देखी निर्माण सुरु हुने छन ।

कार्यक्रममा सञ्चार मन्त्री बाँस्कोटाले सरकारको एउटै ध्यान विकास भएकाले विकास मार्फत जनतामा समृद्धी ल्याउने खालका आयोजनाहरु संचालन गरिरहेको बताउनुभयो । नागरिकको खुशी, सुख र समृद्धका लागि विकास गर्ने भएकाले जनताको जीवन सुधार्ने एउटै माध्यम शिक्षाको गुणस्तरलाई खस्कन दिनु नहुने मन्त्री बास्कोटाले बताउनुभयो । मन्त्री बाँस्कोटाले शिक्षाको गुणस्तर सुधार्न सरकार एक्लैले नसक्ने भएकाले अभिभावक, शिक्षक र समुदाय सबैले ध्यान दिनु पर्ने बताउनु भयो ।
शिक्षाको गुणस्तर सुधार्न जिल्लामा एक सय वटा विद्यालयमा कम्प्युटर ल्याव संचालनमा ल्याएको बताउँदै उहाँले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, सिंचाई, विद्युत्त लगायतका क्षेत्रमा निरन्तर काम भईरहेको जानकारी गराउनुभयो । ‘रोशीको चौकीडाँडा देखि पनौतीसम्मको सडक निर्माणको लागि कार्य भईरहेको छ, अस्पताल लगायतका निर्माणका कार्य शुरु भएका छन्’–मन्त्री बाँस्कोटाले भन्नुभयो ।
अध्यक्ष अमित लामाको नेतृत्वमा विद्यालय ब्यवस्थान समिति गठन भएसँगै दुई वटा विद्यालय भवन निर्माण भएका छन् । ६ कोठे र ४ कोठे भवन सुविधासम्पन्न छन् । २ सय ७५ जना विद्यार्थी अध्ययन गरिरहेको विद्यालयमा शिक्षक दरवन्दी अभाव हुँदा पढाई प्रभावित हुँदै आएको छ । अध्यक्ष लामाले शिक्षाको गुणस्तर सुर्धान भौतिक पूर्वाधार लगायतका अन्य संरचनाहरु निर्माण भएको बताउनु भयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य चन्द्र लामाले निर्वाचनको समयमा ब्यक्त गरिएका प्रतिवद्धता पुरा हुने बताउनुभयो । कार्यक्रममा संविधान सभा सदस्य रामहरी सुवेदी, गाउँपालिका अध्यक्ष डीबी लामा, नेपाली कांग्रेसका नेता गणेश लामा, वडा अध्यक्ष श्रीदास लामा, जिल्ला आयोजना कार्यान्वयन ईकाईका प्रमुख द्धारिकाप्रसाद पोखरेल, ताङलिङ युवा क्लवका अध्यक्ष विजय लामा, विद्यालयका प्रधानाध्यापक कुमार सिं लामा लगायतले मन्तब्य राख्नु भएको थियो । विद्यालयको चार कोठे भवनको ७० लाख रुपियाँ लागत जिल्ला आयोजना कार्यान्वय इकाईले बनाएको थियो ।

Facebook Comments Box