२०७६-०६-१४ रोशी सहकर्मि, यौन दूराचारको आरोप लगेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । महराले आज (मंगलबार) उपसभामुख शिवमाया तुम्बाहाम्फेमार्फत् राजीजामा दिएका हुन् । यौन दूराचारको आरोप लागेपछि महराले पार्टीका शीर्ष नेताहरुसँग परामर्श गरेका थिए । महराले आफ्नो राजीनामा पत्रमा आफुमाथि लागेको आरोपमा सत्यतथ्य छानविन गर्न सहज होस् भनेर राजीनामा दिएको बताएका छन् । उनको राजीनामामा “हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य निश्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज होस भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानविन प्रकृया नसकिदासम्मका लागि राजीनामा दिएको छु,’ भनिएको छ ।
त्यस्तै, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको आकस्मिक सचिवाल बैठकले पनि पदबाट राजीनामा दिन सुझाएको थियो । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई सभामुख महराले यौनदुव्र्यवहार गरेको आरोप लागेको घटना हिजो (सोमबार) सार्वजनिक भएको थियो । उनले सभामुख महराले आफूलाई जबरजस्ती करणी गरेको आरोप लगाएपछि महरा पदबाट राजीनामा दिन बाध्य भएका हुन् । महराको सचिवालयले सोमबार बेलुका सभामुखलाई फसाउने षड्यन्त्र भएको दावी गर्दै प्रेश विज्ञप्ति जारी गरेको आरोप लगाएको छ । उनले आफूमाथि लागेको आरोपको निष्पक्ष छानबिनका लागि नैतिकताका आधारमा आजैदेखि लागू हुने गरी राजीनामा दिएको घोषणा गरेका छन् । उनले लेखेको राजीनामा पत्रमा घटनाको छानबिन नसक्दा सम्मका लागि राजीनामा दिएको उल्लेख गरेका छन् ।
माघ ६,२०७७,काभ्रे/नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियू) काभ्रेले सार्वजनिक बसले बिद्यार्थीलाई भाडा छुट नदिएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । आज जिल्ला संयोजक उपेन्द्र शर्माको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई ज्ञापन[Read More…]
पुस १७,२०७७,काभ्रे/जिल्लाको तेमाल गाँउपालिकामा मल बिक्री बितरण गर्न १३ सहकारी छनौट भएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईकेलका अनुसार अनुदानको मल बिक्री बितरण गर्न गाँउपालिकाको स्थानिय तह मल वितरण ब्यबस्थापन समितिको बैठकले गाँउपालिका भित्रका १३ ओटा सहकारी संस्था[Read More…]
यश कुमार परियार–असार २९,२०७७,भकुण्डेवेशी/आदिकवि भानुभक्त आचार्यको २ सय ७ औँ जन्म जयन्तीको अवसरमा रोशी वाङ्गमय प्रतिष्ठानले साहित्य वाचन कार्यक्रम गरी मनाएको छ । नमोबुद्ध नगरभरी रहेका कवीहरुको नेतृत्व गर्ने रोशी वाङ्गमय प्रतिष्ठानले थोरै कवीहरुको संलग्नतामा कार्यक्रम गरेको हो । विश्व[Read More…]