रोशी सहकर्मी–पौष १८,
काभ्रे/

काठमाडौं विश्वबिद्यालयमा लगाइएको अनिश्चितकालिन तालाबन्दीले पठनपाठन ठप्प भएको छ । काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ र काठमाडौं विश्वविद्यालय कर्मचारी संघले लगाएको अनिश्चितकालका लागि तालाबन्दीका कारण पठनपाठन ठप्प भएको हो ।
काठमाडौं विश्वविद्याय र प्राध्यापक,कर्मचारी संघबीच विगतमा भएको सम्झौता पालना नगरेको भन्दै पुस १५ देखी तालाबन्दी गरेका हुन् । काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका सभापति डा. बेदमणी दाहालले संघसँग भएका सम्झौताहरु पटक पटक पालना गर्ने भनिए पनि कार्यान्वयन नगरेपछि तालाबन्दी गर्न बाध्य भएको बताउनुभयो ।
उहाँका काठमाडांै विश्वविद्यालयले ऐन नियमको वेवास्ता गरेको बताउँदै २०७६ भदौ ३० मा आफूहरुसँग भएको सम्झौताका बुँदाहरु कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले २०७६ पुस ४ गते भएको दीक्षान्त सभामा प्रस्तावित मस्यौदा पेश हुन नदिन लविङ विश्वविद्यालयको नेतृत्वबाटै भएको, सभासदहरुलाई बेलैमा प्रस्तावबारे जानकारी गराउनुपर्नेमा नगराइएको, पटक पटकको निर्णय पश्चात शिक्षक तथा कर्मचारीहरुको आमन्त्रित प्रतिनिधीहरुलाई सभामा बोल्ने मौका नदिई अपमानित हुने वातावरण सिर्जना गरेको र विश्वविद्यालयमा भएको अर्थिक र नीतिगत अनियमितताको छानविन हुनुपर्ने लगायतको माग राख्दै अनिश्चितकालिन तालाबन्दी गरिएको बताउनुभयो ।
काठमाडौं विश्वविद्यालय केन्द्रिय हाता भित्रका डीन कार्यालयहरु, परिक्षा नियन्त्रणको कार्यालय, टेक्नीकल ट्रेनिङ सेन्टर सहित प्रशासकीय भवनहरु पूर्ण रुपमा बन्द गरिएको दाहालले बताउनुभयो ।
विश्वविद्यालयको केन्द्रिय हाताभित्र विभिन्न संकायका गरी छ हजार विद्यार्थीहरुरु अध्ययनरत छन् ।

Facebook Comments