रोशी सहकर्मी–पौष १८,
काभ्रे/

पहुँच परियोजनाको पुनरावलोक तथा समिक्षा वैठक सम्पन्न भएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा नाङ्शाल एशोसियन नेपालद्धारा सञ्चालित बाल संवेदनशील सामाजिक सुरक्षा (पहुँच) परियोजना सम्पन्न भएको छ । सन् २०१४ देखि उक्त परियोजना सञ्चालन भएको यस परियोजना उपलब्धिमूलक ढंगले समापन भएको नाङशाल एशोसियसन नेपालका अध्यक्ष दिनेश लामाले बताए ।
“हामीले जति सुकै राम्रा काम गरेपनि कहि न कहि, कतै न कतै सिद्धान्त र व्यवहारमा ग्याप देखिएको पाइन्छ । त्यहि ग्यापलाई पूर्णता प्रदान गर्नका लागि हामी परियोजना टिम लागि परेका हौँ”– उनले भन्दै “परिमाणत्मक रुपमा कार्य गर्ने भन्दा पनि गुणात्मक र व्यक्तिमा आएको सकारात्मक परिवर्तनले मुख्य भूमिका खेल्दछ ।” “यो परियोजना महिला साथीहरुको नेतृत्वमा सफल भएको छ र परियोजनामा आबद्ध सम्पूर्ण टिमको कार्यको उच्च मूल्यांकन गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछु ।”
त्यस्तै नाङ्शाल एशोसियसन नेपालका कार्यकारी निर्देशक गुणराज मुक्तानले “अपाङ्गता भएका नागरिकलाई गाउँ समाजमा हेयको दृष्टिकोणले हेर्ने गरेका हामीले समाजमा पाएका थियौँ, जब त्यस्ता अपाङ्गता भएका नागरिकले आफूले पाउनुपर्ने, राज्यले प्रदान गरेको सेवा सुविधामा उसको पहुँच प्राप्त भयो तव परिवार समाजले त्यस्ता नागरिकलार्इृ हेर्ने दृष्टिकोणमा सकारात्मक परिर्वतन आयो” भने । “उसले (अपाङ्गता भएका व्यक्ति) समाजमा सम्मानित ढंगले जीवन यापन गर्न सहज भयो, यसले गर्दा साँच्चै नै परियोजनाले उपलब्धििमूलक ढंगले कार्यको गरेको हो कि भन्न महसुस भयो” मुक्तानले भने ।
सेभ द चिल्डेनका कार्यक्रम संयोजक पुष्कर काफ्लेले परियोजना अवधिभर योगदान पुर्याउका सम्पुर्णमा धन्यवाद दिए । “यो परियोजना पहिलो र दोस्रो फेजमा सञ्चालन गरिएको थियो । पहिलो फेजमा जति प्रभावकारी र उपलब्धिमूलक ढंगले सम्पन्न भयो दोस्रो फेज पनि उत्तिकै उपलब्धिमूलक रहेको थियो । दोस्रो फेजमा झण्डै ५०० नागरिकमा पहुँच पुर्याउन सफल भयो” भन्दै काफ्लेले “यस कार्यप्रति हामी अत्यन्त खुसी छौँ” भने । “अभिभावक कक्षाबाट पनि धेरै बालबालिकाहरुमा शिक्षा, स्वास्थ्य, पोषणको क्षेत्रमा सकारात्मक परिवर्तन आएको छ । परियोजनाको मूल्यांकन हामीले गर्ने भन्दा पनि समुदायले गरेको छ । यस प्रति हामी अत्यन्त खुसी छौँ” ।
कार्यक्रममा नाङ्शाल एशोसियसन नेपालकी कोषाध्यक्ष सुनिता लामा, सल्लाहकार ईश्वरी ओझा, पहुँच परियोजनाका कार्यक्रम संयोजक विमला सापकोटा लगायत सम्पूर्ण पदाधीकारी र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box