रोशी सहकर्मी–पौष १९,
नमोबद्ध/

विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि को सेवा कार्यालय भकुण्डेमा सदस्य विस्तारीत भेला तथा अन्तरक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । संचालक सदस्य भिम बहादुर के.सीको सभापतित्वमा भएको यस कार्यक्रममा प्रमुख ब्यवस्थापक के.बि लामाले संस्थाको नीति नियम र गतिविधिका बारेमा जानकारी गराएका थिए । त्यस्तै ऋण उप समितिका सदस्य विदुर थापाले असल ऋणी सहुलियत परिचय पत्रका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा भकुण्डे कार्यालयका ब्यवस्थापक राजेन्द्र श्रेष्ठले भकुण्डे कार्यालय अन्तर्गत करिब तीन हजार सदस्यहरुलाई सेवा दिई १९ करोड कारोवार गरेको प्रगति प्रस्तुत गरेका थिए ।
भकुण्डे कार्यालय अन्र्तगत ऋण लिई कारोवार गर्ने सदस्यहरुलाई लक्षित गरी आयोजित उक्त कार्यक्रममा सदस्यहरुलाई संस्थाको नीति नियम, सेवा सुविधाको बारेमा जानकारी गराईएको थियो भने सदस्यहरुबाट संस्था संचालनको लागि सुझाव संकलन गरिएको थियो ।
कार्यक्रममा नमोबुद्ध नगरपालिका ४ का वडा अध्यक्ष उद्धवप्रसाद काफ्ले, जनक माविका प्रधानाध्यपक प्रदिप पोखरेल, भकुण्डे सेवा कार्यालय ब्यवस्थापन उप समितिका सचिव रामशरण श्रेष्ठ, कोषाध्यक्ष बिदुरप्रसाद बर्तौला लगायतले संस्थाले प्रदान गरेको सेवा सुविधाका बारेमा चर्चा गरेका थिए ।

Facebook Comments