रोशी सहकर्मी–पौष १९,
काभ्रे/

नेपाल रेडक्रस सोसाइटी मार्फत क्यानेडिएन रेडक्रसको सहयोगमा स्वास्थ्यकर्मीलाई दुर्घटनापछिको आपतकालीन उपचार सम्बन्धी तालिम दिइएको छ । काभे्रको मेथिनकोट अस्पताल, चार प्राथमिक स्वास्थ्य केन्द्र र ८९ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई तालिम दिइरहेको हो । ग्रामीण आपतकालीन ट्रमा तथा आघात प्रणाली सुदृढिकरण परियोजनाले काभे्रका ६२७ स्वास्थ्यकर्मीलाई आपत्तकालीन उपचार सम्बन्धी तालिम दिएको हो । कार्यक्रम अधिकृत सदिक्षा श्रेष्ठले चौँरीदेउराली गाउँपालिकाका स्वास्थ्य कर्मीहरुलाई तालिम दिएसँगै सतप्रतिशत भएको बताउनुभयो । काभे्रका १३ वटै स्थानीय तहका स्वास्थ्य कर्मीहरुलाई तालिम दिइएको छ । सन् २०१७ मा परियोजनाले गरेको डाटा संकलनमा ५७५ थिए तर समायोजन भएर आएपछि संख्या बढेर ६२७ पुगेको छ ।
काभे्रका स्वास्थ्यकर्मीलाई अमेरिकन हार्ट एशोसियसन आधारभुत जीवन रक्षा सम्बन्धी तालिम दिइएको बताउनुभयो । राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, वीर अस्पताल र धुलिखेल अस्पतालका डाक्टर मार्फत काभे्रका ६२७ स्वास्थ्य कर्मीलाई तालिम दिइएको थियो । भूकम्प, बाढीपहिरो, चट्याङ, आगलागी लगायत दुर्घटनामा ग्रामीण भेगमा दक्ष जनशक्तीको अभावमा धेरैको अकाल मै ज्यान जाने गरेको छ, कार्यक्रम अधिकृत श्रेष्ठले भन्नुभयो– कतिपय सामान्य उपचारले पनि बाँच्न सक्ने पनि लामो समयसम्म उपचार नपाउँदा मृत्यु भएका घट्ना छन । यस्ता घट्नाको न्युनिकरणका लागि तालिम दिइरहेका छौँ । नमुनाको रुपमा सिन्धुपालञ्चोक जिल्लाबाट सुरु भएको यो तालिम काभे्र सञ्चालनमा रहेको श्रेष्ठले बताउनुभयो ।
उक्त परियोजनाका डाटा संकलन सहायक दिपेन्द्र थापा क्षेत्रीले स्वास्थ्यकर्मीलाई तालिम, दुई वटा एम्वुलेन्स, मेडिकल उपकरण वितरण र डाटा संकलन गर्ने परियोजनाको लक्ष्य रहेको बताउनुभयो । प्रशिक्षकहरुले तालिममा सहभागी स्वास्थ्यकर्मीहरुलाई प्राक्टिकल गराएर कसरी दुर्घटनापछिको आपतकालीन उपचार गर्न सकिन्छ भनेर सिकाएका थिए ।

Facebook Comments