रोशी सहकर्मी–पौष १९,
पनौती/

पनौती नगरपालिकामा रहेका दुई सामुदायिक बिद्यालयका बिद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । पनौती नगरपालिका वडा न ७ मा रहेको पुण्य माध्यमिक बिद्यालय र वडा न ६ मा रहेको गोरखनाथ आधारभुत बिद्यालयका बिद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।
गोरखनाथ आधारभूत विद्यालय पनौती ६ दलिञ्चोकमा अध्ययन गर्ने एक सय चार विद्यार्थीहरुका लागि स्वीटर टोपी वितरण गरिएको हो । एक व्यक्ति एक हजार नाम दिएर संकलित सहयोगबाट अभियानकै रुपमा विद्यालयहरुमा यस्ता कार्यक्रम संचालन गर्दै आएको अभियान्ता सर्वश्री अधिकारीले जानकारी दिए ।
त्यस्तै पुण्य माध्यमिक बिद्यालयमा पनौती वडा न ७ का निवासी धनबहादुर जंगम र वडा सदस्य पुरुषा्ेत्तम कर्मचार्यले बिद्यार्थीलाई न्यानो कपडा वितरण गरेका थिए । उक्त बिद्यालयका दुई सय २५ जना विद्यार्थीहरूका लागि जाडोको न्यानो स्वीटर बितरण गरिएको पनौती नगरपालिका वडा न ७ का सदस्य कर्मचारीले जानकारी दिए । एक लाख तीन हजार रुपियाँ बराबरको स्वीटर वितरण गरिएको कर्मचारीले बताए । धनबहादुर जंगमबाट ७८ हजार र कर्मचारीले २५ हजार पाँच सय रुपियाँ आर्थिक सहयोग गरेका थिए ।

Facebook Comments