रोशी सहकर्मी–पौष १९,
बनेपा/

विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था र सिर्जनशिल बचत तथा ऋण सहकारी संस्था बिच एकिकरण भएको छ । एकिकरण सम्झौता कार्यक्रममा विन्धवासिनी साकोसका अध्यक्ष प्रदिप थापा र र्सिजनशिल साकोसका अध्यक्ष मृग्रेन्द्रनाथ रिमालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । एकिकरण भएसँगै विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले काठमाडौंमा पनि सेवा विस्तार गर्ने भएको छ । काठमाडौंको सामाखुसीमा रहेको सिर्जनशिल बचत तथा ऋण सहकारी संस्थासंग एककिरण सम्झौता गरेसँगै काठमाडौंमा सेवा संचालन गर्न लागिएको हो ।
कार्यक्रममा जिल्ला सहकारी संघ काभ्रेका पूर्व अध्यष मुकुन्दप्रसाद दाहाल, विन्धवासिनीका पूर्व अध्यक्ष भरतप्रसाद शर्मा, सिर्जनशिल सकोसका पूर्व अध्यक्ष रामजी प्रसाद उपाध्याय, विन्धवासिनीका सचिव रामशरण भण्डारी लगायतले दुई संस्थाबिचको एकिकरण सम्झौताले सहकारी अभियानमा थप उचाई प्राप्त गर्ने धारणा व्यक्त गरेका थिए ।
नेफ्स्कुनका संस्थापक अध्यक्ष भोजराज घिमिरेले स्थापना गरेको सिर्जनशिल साकोसमा करिब १५ सय सदस्य रहेका छन । त्यस्तै विन्धवासिनीमा ३५ हजार शेयर सदस्य र ७ हजार ३ सय बाल बचतकर्ता रहेका छन् । संस्थाले करिब ३ अर्ब कारोवार गरिरहेको कार्यक्रममा जानकारी गराईएको थियो । कार्यक्रममा विन्धवासिनी साकोसका प्रमुख ब्यवस्थापक के.बि लामा र र्सिजनशिल साकोसका सचिव अर्जुन खनालले आ–आफ्नो संस्थाको परिचय प्रस्तुत गरेका थिए ।

Facebook Comments