रोशी सहकर्मी–पौष २०,
काभ्रे/

नमोबुद्ध नगरपालिका वडा न ३ भेडाबारीछापकी ६० बर्षीय बृद्ध साईली तामाङ मृत अवस्थामा भेटिएकी छन । तेमाल खानेपानी आयोजनाको पाईप लाईन बिछ्याउने खाल्डोमा बृद्धा महिलाको लास भेटिएको जिल्ला प्रहरी कार्यालय काभे्रका प्रहरी उपरिक्षक रविकुमार पौडेलले जानकारी दिनुभयो ।
शनिबार साँझ बृद्ध महिला मृत अवस्थामा भेटिएको एसपी पौडेलले जानकारी दिनुभयो । स्थानीयले खानेपानीका लागि खनिएको बाटो चिप्लो रहेकाले चिप्लिएर लड्दा महिलाको मृत्यु भएको जानकारी प्रहरीलाई गराएको थियो । प्रहरी उपरिक्षक पौड्ेलले घट्नाको अनुसन्धान भइरहेको बताउनुभयो ।

Facebook Comments