रोशी सहकर्मी–पौष २०,
पनौती/

भ्रमण वर्ष २०२० को काभ्रेको पनौतीमा फोटो प्रर्दशनी सुरु भएको छ । भ्रमण वर्षलाई लक्षित गर्दै पनौती नगरपालिकामा पर्यटन केन्द्रित बिभिन्न फोटो प्रदर्शनी गर्न थालेका छन् । पर्यटकिय स्थलहरुको फोटो प्रर्दशनी संगै पर्यटनहरुको लागि जानकारी मुलक ब्रोसर समेत सार्वजानिक गरिएको छ ।
(घुम्नै पर्ने पनौती ) नारा सहित पनौती नगरपालिका र पनौती पर्यटन केन्द्रबाट एक महिना सम्म पनौतीको सबै वडा समेटिएको फोटो प्रर्दशनीमा राखेका छन् । यो बर्ष धेरै भन्दा धेरै पर्यटकहरुलाई पनौती सम्म ल्याउनको लागि नगरपालिकाले सरोकारवालाहरु संग मिलेर बिभिन्न कार्यक्रमहरु अघि सारेको छ । एक महिना सम्मको लागि पनौतीको बिभिन्न सम्पदाहरु देखि लिएर पर्यटकिय क्षेत्रहरु समेटिएको १२ वडाहरुको फोटो प्रर्दशनीमा राखिएको छ । ऐतिहासिक पनौती नगरपालिक बिश्व सम्पदाको सुचिकृतहुने क्रममा रहेको अवस्थामा नगरपालिकाको सबै क्षेत्रहरुको बिकास संगै पर्यटन भित्राउनको लागि बिभिन्न कार्यहरु भइरहेको नगरपालिकाले जनाएको छ ।

Facebook Comments