रोशी सहकर्मी–पौष २०,
पानाञ्चे(रोशी)/

जिल्लाको रोशी गाँउपालिका वडा नं ९ पानाञ्चे मा प्रारम्भिक साक्षरता र गणित कार्यक्रमको घुम्ती वैठक सम्पन्न भएको छ । रोशी गाउँपालिकाको नमुना बालविकास केन्द्र मध्येको एक नमुना बालविकास केन्द्र्र छत्रेपिपल बालविकास केन्द्रमा उक्त वैठक भएको हो । प्रारम्भिक साक्षरता तथा गणित कार्यक्रम रोशी गाउँपालिकाको आर्थिक सहयोग र नाङशाल एशोसिएसन नेपालको प्राविधिक सहयोगमा सञ्चालित रहेको छ ।
बैठकमा बालविकास केन्द्रमा रहेको ६ ओटा सिकाई केन्द्रमा भएको अभ्यास र कृयाकलापको अनुगमन साथै प्रारम्भिक साक्षरताको ५ ओटा सीप र गणितको ५ सीपको अभ्यास गरिएको थियो । साथै बालबालिकालाई सिकाउनका निम्ति स्थानीय शैक्षिक सामग्रीहरुको संकलन र व्यवस्थापनबारे अनुगमन तथा छलफल पनि भएको थियो । बैठकले उक्त बालविकास केन्द्रमा गरिएको अभ्यास अन्य बालविकास केन्द्रमा पनि लागू गर्ने निर्णय गरिएको छ ।
गत आर्थिक वर्षमा २५ ओटा बालविकास केन्द्रमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो भने यस आर्थिक वर्षमा थप १० ओटा बालविकास केन्द्रमा सञ्चालन गरिएको छ । वैठकमा बोल्दै ठाकुर स्थान बालविकास केन्द्रका शिक्षक उर्वशी मैनालीले बालविकास केन्द्रको कक्षाकोठा व्यवस्थापन राम्रो लागेको बताईन् । हामीहरुको वरिपरि पाउने ढुंगा, सिन्का, बालुवा माटो, तथा वनस्पतिको माध्यमबाट पनि सिकाउन सकिने कुरा बुझेको सुनाईन् । साथै अबको दिनमा आफ्नोे बालविकास केन्द्रमा पनि यस्तै व्यवस्थापन र सिकाई गर्ने प्रतिवद्धता गरीन् । यसै विच छत्रेपिपल प्राथमिक विद्यालयका प्रधानाध्यापक दिल बहादुर मगरले विद्यालयको निम्ति रोशी गाउँपालिका र नाङ्शाल एशोसियन नेपालले गरेको सहयोग अन्यन्त सह्रानिय र उपलब्धिमूलक रहेको बताए । विद्यालय शिक्षाको मुख्य जग नै बालविकास केन्द्र हुने भएकाले बाल विकास केन्द्रको शिक्षा गुणस्तरीय भएमा मात्र माथिल्ला कक्षाको शिक्षा गुणस्तरीय हने धारण राखे ।
वैठकमा रोशी गाउँपालिका वडा नं ९ पानान्चेमा रहेको छत्रेपिपल बालविकास केन्द्रका विद्यालय व्यवस्थापन अध्यक्ष धन बहादुर वाईवा, प्रधानाध्यापक दिल बहादुर मगर, बालकक्षा शिक्षक हेमकुमारी मगर, लगायत नयाँ थपिएका १० ओटा बालविकास केन्द्रका बालकक्षा शिक्षकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सुपरभाइजर सृजना तामाङले सहजिकरण गरेकी थिईन् ।

Facebook Comments