रोशी सहकर्मी–पौष २४,
सेल्फि डाँडा(नमोबुद्ध)/

आज दिउँसो बीपी राजमार्ग अन्तगर्त नमोबुद्ध नगरपालिका वडा न २ सेल्फि डाँडामा मिनी आईचर टिफर दुर्घटना हुँदा दुई जनाको घट्नास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । आज अपरान्ह करीब १२ बजेका समयमा मिनि टिपर आईचर गाडी अनियन्त्रित भई सडकबाट करीब १०० मिटर तल खस्दा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय काभे्रका प्रहरी नायव उपरीक्षक दीपक गिरीका अनुसार धुलिखेलबाट भकुण्डेबेसी तर्फ जाँदै गरेको बा २ क ५ नम्बरको मिनी आइचर टिफर आफै अनियन्त्रित भई दुर्घटना हुँदा मकवानपुर जिल्ला टिस्टुङ पालुङ बस्ने अन्दाजी २२÷२३ बर्षको अश्विन बिष्ट र ललितपुर जिल्ला चुनिखेल बस्ने अन्दाजी २०÷२२ बर्षीय बिशाल खड्काको मृत्यु भएको हो ।
दुर्घटना लगतै भकुण्डे प्रहरी चौकीका प्रहरीहरुले उद्धार गरेका थिए । हाल निर्माणाघिन सडकको पिच उप्काउने काममा प्रयोग हुँदै आएको सो गाडि वल्ड वाईड कन्ट्रक्सन को नाममा रहेको भकुण्डे प्रहरी चौकीका ईन्चार्ज अशोक महतले जानकारी दिएका छन् । दुर्घटना भएका दुवै जनाको शव अहिले पोष्टमाटमको लागी बनेपाको शिर मेमोरीयल अस्पतालमा राखिएको छ र पोष्टमाटम पछि परिवारलाई जिम्मा लगाईने प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments