रोशी सहकर्मी–पौष २४,
पानाञ्चे(रोशी)/

रोशी गाँउपालिका वडा नं ९ पानाञ्चेमा भएको सवारी दुर्घटनामा १ को मृत्यु भएको छ भने अन्य दुई घाईते भएका छन् । मृत्यु हुनेमा रोशी ९ घर भएका कृष्ण बहादुर राण मगरका छोरा १२ वर्षीय अनिल राणा मगर रहेका छन् । आज विहान देउरालीबाट नार्केतर्फ आउँदै गरेको दुध बोकेको बा ५ प ५०७४ नम्बरको दुध बोक्ने बोलेरो गाडि अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खस्दा उनको मृत्यु भएको डि.एस्.पि. दिपक गिरीले जानकारी दिएका छन् । मगरको उपचारको लागि धुलिखेल अस्पताल लगिएपनि डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक धर्मजंग थिङले जानकारी दिए । सो घटनामा परी पानाञ्चे घर भएकी अन्दाजी ७० वर्षीय सती कुमारी पीठाकोटे र रोशी ७ बस्ने चालक टंकमान लामा घाईते भएकोे प्रहरीले जनाएको छ । उनिहरुको घुलिखेल अस्पतालमा उपचार भईरहेको छ ।

Facebook Comments