रोशी सहकर्मी–पौष २४,
पनौती/

जिल्लाको पनौती नगरपालिका–११ मा भएको स्काभेटर दुर्घटनामा परि दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आज विहान पनौती नगरपालिका वडा नं. ११ थुम्कीस्थित भित्री सडक खण्डमा सडक बिभाग भक्तपुरको आयोजनामा पाटीखर्कबाट ख्याकु जाने मोटरबाटो निर्माण गर्ने क्रममा स्काभेटर दुर्घटना हुँदा दूई जनाको घटनास्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डि.एस.पी. दिपक गिरीले जानकारी दिए । मुत्यु हुनेमा पनौती नगरपालिका वडा नं. ११ बस्ने बर्ष १६ को राउत के.सी. र सिन्धुपाल्चोक घर भई हाल दिदीको घरमा बस्दै आएका रोशन भण्डारी रहेका छन् । सो घटनामा परी पनौती ७ का स्काईभेटर चालक २७ बर्षीय जीबन ताम्राकार घाईते भएको र उहाँको धुलिखेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । स्काभेटर सडकबाट अन्दाजी तीन सय मिटर तल सलान्दु खोलामा खसेको थियो ।

Facebook Comments