यश कुमार परियार–पौष २४,
भकुण्डे/

“आज भोली निकै जाडो बढेको छ, भकुण्डे प्रहरी चौकीका ईन्चार्जको सहयोगमा आगो तापीयो”– आगो ताप्दै गरेका मध्य एकले सुनाए । प्रहरी मेरो साथी भन्ने कुरालाई आज यथार्थमा परिणत गरेका छन् प्रहरीले । गत केही दिन देखी देश भर चिसो ह्वात्तै बढेको छ । देशका सवै स्थानमा मानीसहरु जम्मा भएर आगो बाल्दै शरीर सेकाउदै, साँझमा चियाको चुस्की लगाँउदै जाडो छल्ने प्रयत्नमा लागी परेका छन् । हिमाली जिल्लाहरुमा हिमपात पनि भएको छ । चिसोले सबैलाई प्रभावित बनाएको छ । कतिपय स्थानमा चिसोका कारण मानीसहरुको मृत्यु पनि भएको खबर छ । यसैबिच चिसोका कारण जिल्लाको नमोबुद्ध नगरपालिका स्थित भकुण्डेमा पनि साँझ पर्ना साथ अत्याधिक जाडो हुन्छ । आज भोली पानी परेकाले बिहान बेलुकानै जाडो हुने गरेको छ । जाडोको बेला रातमा सवारी जाँच र सुरक्षार्थ खटिएका प्रहरी जवानलाई पनि जाडोले प्रभावीत बनाएको छ । चोक चोकमा पसल गरेर २/४ पैसा कमाउन बस्नेहरुलाई पनि जाडोले छोपेको छ ।
जाडो छल्न कोही कपडाको भारी बोक्दै छन् त कोही चिया पसल तीर । सबै माहोल हेरेर भकुण्डे प्रहरी चौकीका सई (ईन्चार्ज) अशोक महतले दाउरा जम्मा गर्न जवानहरुलाई निदेशन दिए । उनले बजार आसपासका अलि बढि मान्छेहरुको जमघट हुने स्थानहरुमा दाउरा लगेर आगो बाल्दिए । सबै अचम्मित हुँदै प्रश्न गर्दै थिए र उनले थोरै मुस्कुराँउदै भने “सरप्राईज” ।

Facebook Comments Box