रोशी सहकर्मी–पौष २४,
खहरेपाँगु(रोशी)/

रोशी गाँउपालिका वडा नं १ स्थित नगाँउमा एक घर एक धारा खानेपानी आयोजना सम्पन्न भएको छ । आज एक कार्यक्रमका बिच वडा नं १ का वडा अध्यक्ष श्री दास लामाले उद्धघाटन गरेका हुन् । रोशी गाँउपालिकाको आर्थिक सहयोगमा सुरु भएको यस परियोजना बाट खानेपानीको अभाव भएको नगाँउका २८ घर धुरी लाभान्वित भएका छन् । मुहानबाट आएको पानी ट्याङकीमा संकलन गरेर घर घरमा मिटर जडान गरि बितरण गरीएको वडा अध्यक्ष श्रीदास लामाले बताए । यस खानेपानी वितरणमा १२ लाख खर्च भएको पनि उनले बताए ।
त्यस्तै यहि वडामा संचालन हुनलागेको नारायणटार वृहत खानेपानी आयोजना टेण्डर प्रक्रियामा गईसकेको पनि उनले जानकारी दिए । कुल १ करोड १० लाख बजेट रहेको यस आयोजनाबाट ३०० घर धुरी प्रत्यक्ष लाभान्वित हुने बताए । त्यस्तै स्याउरीटार, पाँगु वृहत खानेपानी आयोजना पनि सुरु चाँडै सम्पन्न हुने बताए । “पानि आईसकेको छ, ट्याङकी रपाईपको काम सक्न बाँकी छ ।” यस आयोजनाबाट १६० घर धुरी प्रत्यक्ष लाभान्वीत हुने छन् । वडा अध्यक्षका अनुसार यसै आर्थिक वर्ष भित्र आफ्नो वडा लाई खानेपानीको पहुँचमा पुर्याउने लक्ष रहेकोे बताए ।
कार्यक्रममा खानेपानी उपभोक्ता समितिका अध्यक्ष देव मान थोकर, वडा सदस्य निर्जला थापा, मान काजी तामाङ, परियोजनाका सहयोगी पञ्चलाल तामाङ लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box