रोशी सहकर्मी-पौष २५,
पनौती/

पनौती नगरपालिकाको छैठौं हिउँदे नगरसभा नेपाली काँगे्रसबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन । सार्वजनिक महत्व, समसामयिक बिषयमा वडा अध्यक्ष तथा नगरसदस्यको जवाफ नगर प्रमुख भीम न्यौपनेले दिनुपर्नेमा वडा न १ का वडा अध्यक्ष गुणनाथ सापकोटाले दिएपछि काँगे्रसले नगरसभा बहिष्कार गरेको जनाएको छ ।
पनौती नगरपालिका वडा न ७ का वडा सदस्य पुरुषोत्तम कर्मचार्यले नगरसभा बहिष्कार गरेको जानकारी दिनुभयो । हामीले सोधेका प्रश्नको जफाव मेयर भीम न्यौपानेले नदिएपछि हामीले नगरसभा बहिष्कार गरेका हौँ । उहाँले बडा न १ का वडा अध्यक्ष गुणनाथ सापकोटा मेयरलाई सोधेको जफवा दिन अगाडि सरेपछि एउटा नगरमा दुई वटा मेयर हुन नसक्ने भन्दै नगरसभा बहिष्कार गरेका हौँ ।

Facebook Comments