रोशी सहकर्मी–पौष २७,
भकुण्डे/

ग्रामिण पाठशाला एजुकेशन फउन्डेसनले आज दाश्रो वार्षिकोत्सव तथा पहिलो अभिभावक दिवस मनाएको छ । नमोबुद्ध नगरपालिका वडा नं २ मा अवस्थित बिधालयको बार्षिक उत्सवमा नमोबुद्ध नगरपालिकाका मेयर टि.पि. शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा जगरपालिकाका शिक्षा शाखा प्रमुख जनार्दन रिजाल, वडा नं ७ का वडा अध्यक्ष धर्म लामा, विभिन्न संध संस्थाका प्रतिनिधि, शिक्षा प्रेमीहरुको उपस्थिति रहेको थियो । वार्षिक उत्सवको अवसरमा विविध सांस्कृतिक कार्यक्रमका साथै उत्कृष्ट अभिभावकहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

Facebook Comments