रोशी सहकर्मी–पौष २७,
काभ्रे/

काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. ४ को गुम्बुडाँडामा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको लागि भ्यू टावर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
सो गाउँपालिकाको वडा नं. ३, ४ र ५ को संगमस्थलमा पर्ने सो ठाउँबाट विभिन्न हिमालयका दृश्याबलोकन गर्न सकिने र सो गाउँपालिकाको चार वटा वडाहरुको विभिन्न ठाउँहरुसमेत हेर्न सकिने भएकाले गाउँपालिका र वडाको गरी २५ लाख ७३ हजार लगानीमा सो टावर निर्माण चरणमा पुगेका गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाभित्र प्रसिद्ध कपेर महंकाल मन्दिर, बेथान नारायणथानको मन्दिर, थानी महांकाल, शिव गुफा, तिलेश्वर महादेव मन्दिर, कामीडाँडा, थामडाँडा लगायतका महाभारत श्रृंखलाहरु रहेको र हिमालका दृश्याबलोकन समेत गर्न सकिने भएकाले पर्यटन प्रवद्र्धनको सम्भावनाहरु निकै रहेको कारण पनि पर्यटन प्रवद्र्धनको लागि गुम्बुडाँडामा भ्यू टावर निर्माण गरिएको होे ।
अहिले सो ठाउँमा तिन तला ढलान भईसकेको र त्यहाँ जानका लागि सिडीं निर्माणको काम पनि सकिसकेको छ । वरिपरि अरियाली अग्लो डाँडा भएको सो स्थानमा स्थानीय समाजसेवीहरुको सक्रियतामा भ्यू टावरसंगै पाथीभरा मन्दिर समेत निर्माण भईरहेको ४ नं. वडाका वडा अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो ।

Facebook Comments Box