रोशी सहकर्मी–पौष २७,
भकुण्डेबेशी (कुटुम्ब रिसोर्ट)/

भकुण्डेबेशी जेसीज बर्ष २०२० को लागि श्रीकृष्ण अधिकारी चयन हुनुभएको छ । संस्थाको नवौं अधिवेशन तथा १० औं बार्षिक साधारणसभाबाट कार्यकारिणी उपाध्यक्षमा श्रीहरी अधिकारी, उत्तम सुन्दास, महासचिवमा सुदर्शन चिमौरिया, कानुनी सल्लाहकारमा सुमन दाहाल, कोषाध्यक्षमा प्रमोद काफ्ले, उपाध्यक्षमा शिव न्यौपाने, प्रकाश तिमल्सिना, बद्रि तिमल्सिना, राजु तिमल्सिना चयन हुनुभएको हो ।
शाखा अधिवेशनमा पूर्व अध्यक्षहरु बर्ष २०१४ हरिहर अधिकारी, बर्ष २०१५ यन्त्रनाथ खनाल, बर्ष २०१६ मोदनाथ अधिकारी, बर्ष २०१७ कपिल कोईराला, बर्ष २०१८ रुक्मिणी सिग्देल, बर्ष २०१९ का अध्यक्ष कृष्णप्रसाद तिमल्सिना लगायतले जेसिजबारे मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा बर्ष २०१९ का महासचिव श्रीकृष्ण अधिकारीले प्रगति प्रतिवेदन तथा बर्ष २०१९ का कोषाध्यक्ष शिव न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी भकुण्डेबेशी जुनियर जेसीजको बर्ष २०२० को अध्यक्षमा विजय लामा निर्वाचित भएका छन् । कार्यकारी उपाध्यक्षमा सनुप श्रेष्ठर श्यामकृष्ण श्रेष्ठ, महासचिवमा विजय खनाल, कानुनी सल्लाहकारमा रजिना श्रेष्ठ, कोषाध्यक्षमा स्वस्तिका परियार तथा उपाध्यक्षहरुमा अमृता काफ्ले सन्तोषी सिलवाल, निकि श्रेष्ठ र पुर्णिमा श्रेष्ठ चयन भएको बर्ष २०१९ का अध्यक्ष सिरिष थपलियाले जानकारी दिनुभयो ।

Facebook Comments