रोशी सहकर्मी–पौष २८,
बनेपा/

इलाका प्रहरी कार्यालय बनेपाले ठुलो मात्रामा अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीको सक्रियतामा विभिन्न स्थानबाट संकलीत अवैध घरेलु मदिरा नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय बनेपा, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीको रोहबरमा करिब २ हजार लिटर मदिरा पुन्यमाता खोलामा नष्ट गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिनु भयो । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत प्रहरीको सक्रियतामा बनेपाको विभिन्न ठाउँबाट अवैध घरेलु मदिरा बरामत गरिएको प्रहरीको भनाइृ छ । बजारभरि छ्याप्छ्याप्ती पाईने अवैध मदिराले गर्दा हिंसात्मक घटना हुनसक्ने भएकाले प्रहरीले सवै स्थानीय तहमा सामुदायिक प्रहरी साझेदारी कार्याक्रम सञ्चालन गरी अवैध मदिरा बरामत गर्ने कार्य सुरु गरिएको छ ।

Facebook Comments